close

कोभिड-१९ मा काम गर्नेलाई क्वान्टम कम्प्युटर क्लाउडमा निःशूल्क पहुँच

टेकपाना टेकपाना

चैत १८, २०७६ १८:५६

कोभिड-१९ मा काम गर्नेलाई क्वान्टम कम्प्युटर क्लाउडमा निःशूल्क पहुँच

एजेन्सी । क्यानाडाको क्वान्टम कम्प्युटिङ कम्पनी डी वेबले कोभिड-१९ अर्थात कोरोना भाइरसको क्षेत्रमा काम गरिरहेका जोकोहीलाई आफ्नो लिप टु क्वान्टम कम्प्युटिङ क्लाउड सर्भिसमा निःशूल्क पहुँच दिने घोषणा गरेको छ ।

कम्पनीले यो सुविधा हालको संकट समाधानका लागि जुनसुकै क्षेत्रबाट काम गरिरहेका संस्था तथा टोलीलाई दिने बताएको हो । संस्थाको यो सुविधा कोभिड १९ को औषधी खोजी गर्ने संस्था वा टोलीलाई मात्र नभएर यसको समाधानका लागि जुनसुकै पाटोबाट अध्ययन अनुसन्धान गरिरहेका टोलीलाई पनि दिइनेछ ।

डी वेबसँग अन्य परियोजनामा काम गरिरहेका विभिन्न संस्थाहरुले लिप टु क्लाउड सर्भिस प्रयोग गर्न पाउने समूह वा संस्थालाई कोभिड-१९ को महामारी रोक्ने विधी विकासका लागि इंजिनियरिङ विज्ञ समेत प्रदान गर्ने बताइएको छ ।

डी वेबका सीईओ एलान बारात्जले यो परियोजना डेढ हप्तादेखि सुरु भएको बताएका छन् । एलानका अनुसार लिप टुसँग काम गर्ने टोलीले व्यवसायिक लाइसेन्स पाउने छन् । 

यसकारण ती टोलीहरुले आफ्नो सोलुसनलाई ओपन सोर्स गर्नु पर्नेछैन । त्यस्तै यस्ता टोलीलाई प्रति महिना एक मिनेटको पावन्दी पनि लागु नहुने उनको भनाई छ । 

डी वेबको क्लाउड सर्भिस प्रयोग गर्नका लागि प्रति महिना एक मिनेट स्ट्याण्डर्ड रेस्ट्रिक्सन हो । लिप हाल अमेरिका, क्यानडा, जापान र युरोपका अन्य ३२ मुलुकमा उपलब्ध छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१