close

कोरोनाका बावजुद सामसङको नाफा बढ्ने !

टेकपाना टेकपाना

चैत २५, २०७६ १८:१५

कोरोनाका बावजुद सामसङको नाफा बढ्ने !

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सको सन् २०२० को पहिलो त्रैमासिकको नाफा बढ्ने प्रक्षेपण गरिएको छ । कोरोनाभाइरसका कारण कम्पनीले उत्पादन गर्ने मोबाइल र चिपसेट दुवैको बिक्री घट्दा कम्पनीको नाफामा असर पर्ने अपेक्षा गरिएको भएता पनि परिणाम भने उल्टो आउने भएको हो ।

कम्पनीले सार्वजनिक गरेको ‘अर्निङ गाइडलाइन इस्यु’ का अनुसार कम्पनी सञ्चालनपछिको नाफा अघिल्लो वर्षको तुलनमा २.७ प्रतिशतले वृद्धि हुने उल्लेख गरिएको छ । अर्थात कम्पनीको नाफा ६ खर्ब ३५ अर्ब रुपैयाँको हाराहारीमा हुने छ ।

कोरोनाको बावजुद पनि यस्तो सकारात्मक परिणाम हात पार्नुको कारण कम्पनीको चिप पाओरिङ डाटा सेन्टर र क्लाउड सर्भिसलाई लिइएको छ । कोरोनका कारण इन्टरनेटको बढ्दो प्रयोगले क्लाउण्डको माग समेत बढेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१