close

अब मोबाइलमा नयाँ फेसबुक, होम पेजदेखि मेनुबारसम्म सबै तल

टेकपाना टेकपाना

चैत २७, २०७६ १४:४३

अब मोबाइलमा नयाँ फेसबुक, होम  पेजदेखि मेनुबारसम्म सबै तल

काठमाडौं । फेसबुकले मोबाइल भर्सनका लागि नयाँ डिजाइन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसको बेटा भर्जन कतिपय प्रयोगकर्तालाई उपलब्ध गराइसकेको छ । जसमा अब फ‌ङ्सनबार तल्लो भागमा हुनेछ ।

Facebook F button

हाल माथि रहेको होम, ग्रुप, भिडियो, प्रोफाइल, नोटिफिकेसन र मेनु बार सबै तल हुनेछन् । त्यसमा मेनु बटन सबैभन्दा बीचमा हुनेछ । जसलाई फेसबुकको लोगो अर्थात ‘एफ’ ले प्रतिस्थापन गर्नेछ । यतिसम्म कि प्रयोगकर्ताले कुन बटन उक्त बारमा देखाउने भनेर आफै निर्धारण गर्न सक्नेछन् ।

हेर्दा अनौठो भएता पनि यो प्रयोग गर्न भने निकै सहज हुनेछ । एकै हातले पनि फेसबुकलाई नियन्त्रण गर्न सहज हुने बताइएको छ । यो हाल केही प्रयोगकर्तालाई उपलब्ध गराइएको भएता पनि चाँडै सबै प्रयोगकर्तालाई उपलब्ध गराइने खबर सोसल मिडिया टुडेमा उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४