close

नजिकैको कोरोना परीक्षण केन्द्रको लोकेसन अब एप्पल म्यापमा !

टेकपाना टेकपाना

बैशाख २, २०७७ १८:२२

नजिकैको कोरोना परीक्षण केन्द्रको लोकेसन अब एप्पल म्यापमा !

काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) संक्रमण रोक्न विश्व स्वास्थ्य संगठनले अहिले व्यापकरुपमा परीक्षण गराउन विश्वभरका मुलुकहरुलाई निर्देशन दिदैँ आइरहेको छ ।  तर सबै मानिसहरुलाई आफू नजिक रहेको परीक्षण केन्द्र कहाँ छ भन्ने कुरा थाहा हुँदैन । 

तर अब एप्पलले आफ्नो म्याप एपको माध्यमबाट प्रयोगकर्तालाई नजिकको परीक्षण केन्द्र पत्ता लगाउन सहयोग गर्ने भएको छ । यो फिचर सबैभन्दा पहिले नाइन टु फाइभ म्याकमा देखा परेको थियो । 

एप्पलले अस्पताल, प्रयोगशाला र क्लिनिकहरुका लागि एउटा पोर्टल सार्वजनिक गरेको थियो । जसमा एप्पलले आफूलाई कोभिड-१९ को परीक्षण केन्द्रको रुपमा रजिस्टर गराउन सक्छन् । 

यसपछि कम्पनीले यसको लोकेसनलाई भेरिफाई गर्छ र एप्पल म्यापमा देखाउँछ । एपमा उक्त परीक्षण केन्द्रले ड्राइभ थ्रो फेसिलिटी दिन्छ वा अपोइन्टमेन्टका लागि प्री बूक गर्नुपर्छ । यी सबै कुरा म्याप एपमै देख्न सकिन्छ । 

तर यो फिचर अन्तर्राष्ट्रियस्तरमै उपलब्ध छ कि छैन भन्ने विषय चाहिँ स्पष्ट भइसकेको छैन । एप्पल कोरोना भाइरसको महामारीसँग लड्न विभिन्न कामहरु गर्दै आइरहेको छ । यसअघि उसले स्वास्थ्यकर्मीहरुका लागि दशाैं लाख फेस सिल्ड मास्क पनि निर्माण गरेको छ ।

यस्तै गत हप्ता उसले गूगलसँगको साहकार्यमा ब्लूटुथमा आधारित सिस्टम बनाउने बताएको थियो । जसले कोरोना भाइरसलाई कन्ट्याक्ट ट्रेसिङ गर्न सघाउनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४