close

अप्रिल २२ मा सार्वजनिक हुँदै मोटोरोलाको पहिलो हाई ईण्ड स्मार्टफोन

टेकपाना टेकपाना

बैशाख ३, २०७७ १५:६

अप्रिल २२ मा सार्वजनिक हुँदै मोटोरोलाको पहिलो हाई ईण्ड स्मार्टफोन

काठमाडौं । लामाे समयपछि मोटोरोला आफ्नो पहिलो हाई ईण्ड स्मार्टफोनको साथमा कम ब्याक गर्ने भएको छ । लेनोभोको स्वामित्वमा रहेको ब्राण्डले आउँदो अप्रिल २२ मा भर्चुअल फ्ल्यागसिप लञ्च इभेन्ट आयोजना गर्ने घोषणा गरेको हो ।  

मोटोरोलाले सार्वजनिक गर्न लागेको यो नयाँ फोन एज प्लस हो । लिक भएको एउटा भिडियोमा उक्त एज प्लस फोनको स्क्रिन किनाराको आकार सार्प कर्भ्ड छ । 

यदि यी लिक भएका भिडियोहरु वास्तविक हुन् हुन् भने एज प्लसको डिजाइन एकदमै आकर्षक हुनेछ । यसका किरानाका आकारहरु सार्प कर्भ्ड छन् । बेजललेस स्क्रिनमा ६.७ इञ्चको डिस्प्ले रहेको छ । 

यसमा स्नापड्रागन ८६५ चिप र ८ देखि १२ जीबी र्‍याम रहेको छ । यसमा पाँच हजार एमएएचको ब्याट्री रहेको छ । क्यामेराको कुरा गर्दा यसमा १०८ मेगापिक्सेलको प्राइमरी रियर क्यामेराको साथमा वाइड एंगल र टेलिफोटो सेन्सर समेत रहेको छ ।

यसको आधारभूत भेरियन्ट एज मोडलमा भने स्नापड्रागन ७६५ प्रोसेसर र ६ जीबी र्‍याम हुनेछ । तर एज सिरिजहरु कहिलेबाट बजारमा आउने छन् र यसको मूल्य कति पर्नेछ भन्ने कुराहरु अझैै स्पष्ट भएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४