close

फाइभजीबाट आफूलाई अलग नराख्न वेलायतलाई ह्वावेको चेतावनी

टेकपाना टेकपाना

बैशाख ३, २०७७ १६:१९

फाइभजीबाट आफूलाई अलग नराख्न वेलायतलाई ह्वावेको चेतावनी

काठमाडौं । फाइभजीको रोलआउटमा आफ्नो भूमिकालाई रद्द गर्नु वेलायतको ठूलो भूल हुने भन्दै चिनियाँ टेलिकम जायन्ट ह्वावेले चेतावनी दिएको छ । गत जनवरीमा वेलायत सरकारले आफ्नाे मुलुकमा फाइभजीको नयाँ डेटा नेटवर्क तयार बनाउन ह्वावेलाई सीमित भूमिका प्रदान गर्ने बताएको थियो । 

तर मार्च महिनामा कन्जर्भेटिभ दलभित्रका ब्याकबेञ्च विद्रोहीहरुले वेलायत सरकारकाे उक्त कदम फिर्ता गराउन दबाब दिएका थिए । 

ह्वावेले एउटा खुल्लापत्रमा  कोभिड-१९ को संकटमा पनि वेलायतलाई उक्त प्रविधिसँग जोड्न केन्द्रीत रहने बताएको छ । तर यो महामारीका कारण कम्पनीमाथि कडा लाइन लिन त्यहाँको सरकारलाई दबाब बढ्न सक्ने आँकलन गरिएको छ । 

पत्रमा ह्वावेका वेलायत प्रमुख भिक्टोर झाङले कोरोना महामारी वेलायतमा फैलिन सुरु भएदेखि घरायसी रुपमा डेटा प्रयोग ५० प्रतिशतले बढेको र यसले दूरसञ्चार प्रणालीमा ठूलो दबाब पारेको बताएका छन् । 

ह्वावले बढ्दो यो मागलाई धान्न बीटी, भोडाफोन र ईई जस्ता साझेदारहरुसँग काम गरिरहेको छ । स्पेयर पार्टहरु आपूर्ति सुनिश्चित गर्न देशभर तीनओटा वेयरहाउसहरु सेटअप गरेको छ । 

झाङले महामारीले ग्रामीण समुदायमा धेरै मानिसहरु डिजिटल स्लो लेनमा पहिलेदेखि नै फसिरहेको वास्तविकताको उजागर गरेको बताएका छन् । साथै उसले फाइभजीको भावी भूमिकाबाट ह्वावेलाई अलग्याउनु वेलायतकाे ठूलो गल्ती हुने झाङले चेतावनी दिएका छन् ।

कतिपयले ह्वावेलाई कुनै सबुत नै पेश नगरी निरन्तर हमला गर्न खोजिरहेको पत्रमा उल्लेख छ । उक्त पत्रमा फाइभजी रोलआउटको कार्यमा ह्वावेको भूमिकालाई रद्द गर्नु वेलायत सरकारकाे ठूलो भूल हुने भनिएको छ । 

वेलायत सरकारले गत जनवरीमा फाइभजी रोल आउटमा ह्वावेलाई पनि समावेश गराउने बताएको थियो । उसलाई मोबाइल नेटवर्कको संवेदनशील क्षेत्र बाहेक रेडियो टावर लगायत ३५ प्रतिशत भागकाे काममा समावेश गराउने बताइएको थियो ।

तर आलोचकहरुले चिनियाँ कम्पनीलाई यसरी रोल आउटको कार्यमा समावेश गराउँदा ह्वावेले गुप्तचरी गर्नसक्ने र सञ्चारलाई ध्वस्त बनाउन सक्ने खतराको चेतावनी दिएका थिए । 

मार्चमा ३८ जना कञ्जरभेटिभ दलका एमपीहरुले यही मुद्दामा विद्रोह गरेका थिए । वेलायतको सदनमा अर्को वर्षदेखि कार्यन्वयन गर्ने भनेर टेबल गरिएको दूरसञ्चार पूर्वाधार बिलको उनीहरुले विरोध गरेका थिए ।

अहिले कोरोनाभाइरस महामारीले आर्थिक र राष्ट्रिय सुरक्षाबीचका मुद्दालाई बाहिर ल्याएको छ । जसका कारण यो मुद्दा पनि विवादित बनेको हो । एकपक्षले आर्थिक विकासलाई तीब्र बनाउन बलियो कनेक्टिभिटीको आवश्यकता रहेको बताइरहेको छ ।

ह्वावेका समर्थकहरु ह्वावेलाई यो परियोजनामा समावेश गराउँदा काम पनि तीब्र बन्ने र यसले विश्वसनीय नेटवर्क प्रदान गर्नुका साथै डेलिभरी लागत पनि सस्तो हुने बताउँदै आएका छन् । 

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४