close

आजदेखी जिरो ब्यालेन्समा पनि टेलिकमबाट फोन र डेटा चलाउन सकिने

टेकपाना टेकपाना

बैशाख ८, २०७७ १७:३८

आजदेखी जिरो ब्यालेन्समा पनि टेलिकमबाट फोन र डेटा चलाउन सकिने

काठमाडौं । नेपाल टेलिकमले लकडाउनको समयमा निःशूल्क सेवा दिने भएको छ ।

कम्पनीले वितरण गरेका सिम कार्डमा ब्यालेन्स न्युन भई बन्दाबन्दी (लकडाउन) मा आफन्तसँग सम्पर्क गर्न नपाएका झण्डै २ लाख भन्दा बढी सिम प्रयोगकर्ताले निःशुल्क सेवा लिन सक्ने छन् ।

यो सुविधा सोमबार राती १२ बजेबाट लागु हुनेछ । ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरको लागि कम्पनीले यो विशेष प्याकेज सार्वजनिक गरिएको हो ।

जिरो ब्यालेन्स नाम दिइएको प्याकेजमा टेलिकमले नेटवर्कभित्र प्रयोग गर्न सकिने गरी २५ वटा अन-नेट एसएमएस, ५० मिनेट अन-नेट भ्वाइस, एक सय एमबी डेटा उपलब्ध गराउनेछ ।

आगामी २ दिनसम्म उपलब्ध गराइने यो प्याकेजको अवधि ७ दिनको हुने बताइएको छ । प्याकेज प्राप्त गर्ने ग्राहकहरूलाई एसएमएस मार्फत जानकारी पठाइने कम्पनीले जनाएको छ ।

उक्त एसएमएसको निर्धारित जवाफ एसएमएस मार्फत पठाएर प्याकेज लिन सकिनेछ । सो प्याकेज लिन अयोग्य नम्बरमा भने प्याकेज प्रदान गर्न नसकिएको जानकारी प्राप्त हुनेछ । प्याकेज कम्पनीका जीएसएम तथा सीडीएमए प्रिपेड ग्राहकलाई मात्र उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४