close

अम्बानीको रिलायन्स जिओमा फेसबुकको लगानी, ४ खर्ब ४३ अर्ब भारुमा १० प्रतिशत स्वामित्व खरिद

टेकपाना टेकपाना

बैशाख १०, २०७७ ९:१४

अम्बानीको रिलायन्स जिओमा फेसबुकको लगानी, ४ खर्ब ४३ अर्ब भारुमा १० प्रतिशत स्वामित्व खरिद

एजेन्सी । निकै कम मूल्यमा डेटा उपलब्ध गराएर भारतको ईन्टरनेट बजारको स्वाद नै फेरिदिएको रिलायन्स जिओमा फेसबुकले लगानी गर्ने पक्का भएको छ । भारतकै धनी मुकेश अम्बानीको रिलायन्स इन्डष्ट्रिज अन्तर्गतको जिओमा फेसबुकले ४ खर्ब ३५ अर्ब ७४ करोड भारतीय रुपैयाँ लगानी गर्ने भएको हो ।

दुवै कम्पनीले यससम्बन्धी सम्झौता भइसकेको पुष्टि गरेका छन् । फेसबुकले गर्ने उक्त लगानीबाट रिलायन्समा कम्पनीको हिस्सा करिब १० प्रतिशत हुनेछ । यद्यपि रिलायन्स जिओमाथीको सम्पूर्ण स्वामित्वका रुपमा रिलायन्स इन्डष्ट्रिज रहनेछ ।

भारतमा लगानी गर्ने यस अघिको घोषणा अनुसार रिलायन्समा प्रवेश गरेको फेसबुकले जनाएको छ । यो प्रवेशसँगै फेसबुकले ह्वाट्सएप मार्फत भारतमा अनलाईन किनमेलको व्यवस्था पनि सुरु गर्ने जनाएको छ ।

यसका लागि फेसबुकले भारतमा अनुमतिको प्रक्रिया अगाडि बढाइसकेको छ । फेसबुकको लगानीसँगै रिलायन्स जिओको बजार मूल्य ४६ खर्ब भारतीय रुपैयाँभन्दा माथी पुगेको छ । भारतमा रिलायन्सका ३८ करोड ८० लाख प्रयोगकर्ता छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३