close

जूमको विकल्पमा फेसबूकको भिडियो च्याट रूम, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरबाट समेत प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

बैशाख १३, २०७७ १०:३६

जूमको विकल्पमा फेसबूकको भिडियो च्याट रूम, ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेञ्जरबाट समेत प्रयोग गर्न सकिने

काठमाडौं । कोभिड–१९ अर्थात कोरोना भाइरसका कारण भिडियो कन्फ्रेसिङ एपको प्रयोग बढिरहेको छ । त्यसमा पनि जूम सबैभन्दा चर्चाको विषय बन्यो ।

सामाजिक दुरी काय गर्नुपर्ने भएकाले घरमै बसेर अफिसको काम गर्नु पर्ने भएपछि जूमको प्रयोग ठूलो मात्रामा बढ्यो । तर, जूमबाट प्रयोगकर्ताको जानकारी चोरी गरी सार्वजनिक भएसँगै यसको प्रयोगमा कतिपय देश तथा संघसंस्थाले प्रतिबन्ध समेत लगाए ।

Messenger Rooms

एक्कासी सफलता प्राप्त गरेको जूम विवादित बनेसँगै धेरै भिडियो कन्फ्रेन्सिङ एप सार्वजनिक भइरहेका छन् । यसैबीच फेसबूक त्यस्ता सबै एपलाई पछि पार्ने तयारीका साथ प्रस्तुत भएको छ ।

शुक्रबार फेसबूकले ‘म्यासेञ्जर रूम’ नामक भिडियो च्याट प्रडक्ट सार्वजनिक गरेको छ । जसमा एकै पटक ५० जनासम्मले अनलिमिटेड कुराकानी गर्न सकिने छ ।

उक्त रूम प्रयोगकर्ताले फेसबूक, इन्स्टाग्राम, ह्वाट्सएप, फेसबूक म्यासेञ्जर जहाँबाट पनि क्रियट गर्न सक्नेछन् । रूममा जोडिन फेसबूक एप तथा आईडी चाहिन्छ भन्ने पनि छैन । त्यहाँ जोडिन लिंकमा क्लिक गरे पुग्छ ।

‘अहिलेको परिस्थितिमा फेसबूक फेम्ली अर्थात फेसबूक, म्यासेञ्जर, ह्वाट्सएप, इन्स्टाग्राम मानिसहरुलाई एक अर्कासँग जोड्न सबैभन्दा उत्कृष्ट माध्यम बनेका छन्,’ फेसबूकका संस्थापक मार्क जुकरबर्गले भनेका छन्, ‘हामी हाम्रा प्रयोगकर्तालाई एकअर्कासँग अझै जोडिरहेका छौं भन्ने आभास गराउन चाहन्छौं । त्यसैले पनि यो नयाँ सुविधा सार्वजनिक गरिएको हो ।’

WhatsApp video group calls

उनका अनुसार फेसबूकको यो भिडियो च्याट फिचर लामो समयदेखि निमार्णको क्रममा रहेको थियो । तर, हालको परिस्थितिमा यसको महत्वलाई मध्यनजर गर्दै निर्माणमा तिव्रता दिएर सार्वजनिक गरिएको हो । यसले फेसबूक म्यासेञ्जर र ह्याट्एपको भिडियो क्षमता एकैपटक दोब्बर बनाएको छ ।

Facebook Live guests

यतिसम्म कि तपाईंले फेसबूकमा रूम बनाउनु भयो भने तपाईंको साथि ह्वाट्सएप अथवा इन्स्टाग्राममा छन् भने पनि उनीहरुलाई उक्त रुपमा जोडेर कुराकानी गर्न सक्नु हुनेछ । यदि कसैलाई रूमबाट निकाल्नु छ भने तपाईंले त्यो सुविधा पनि पाउनु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३