close

वाईफाईमा दुई दशकयताकै ठूलो अपग्रेड हुँदै, यस्तो हुनेछ परिवर्तन

टेकपाना टेकपाना

बैशाख १५, २०७७ १४:५६

वाईफाईमा दुई दशकयताकै ठूलो अपग्रेड हुँदै, यस्तो हुनेछ परिवर्तन

काठमाडौं । अबकाे केही समयपछि वाईफाईमा ठूलो परिवर्तन देखा पर्दैछ । अमेरिकाको संघीय सञ्चार आयोगले आज बिना लाइसेन्स प्रयोगका लागि ६ गिगाहर्ज स्पेक्ट्रमको प्लट खोल्ने मत जाहेर गरिसकेको छ ।

यस्तो परिवर्तनले प्रयोगकर्तालाई राउटरलाई  २.४ गिगाहर्ज र ५ गिगाहर्ज ब्याण्डभन्दा माथि ब्रोडकास्ट गर्ने क्षमता दिनेछ । यसर्थ तपाईंको राउटरसँग वाइफाई सिग्नल ब्रोडकास्ट गर्न अझ धेरै खुला हवाई मार्ग हुने छन् ।

अर्को वर्ष जब यो नयाँ स्पेक्ट्रम विजनेसको लागि औपचारिकरुपमा खुल्ला हुनेछ, प्रयोगकर्ताका डिभाइसहरु अझ तीब्र गतिमा चल्नेछन्, कनेक्सनहरु अघिल्ला जेनेरेसनभन्दा थप विश्वसनीय हुने छन् ।

संघीय सञ्चार आयोगले १९८९ मा वाईफाई सम्बन्धी व्यवस्था गरेयता यो निर्णयले ठूलो स्पेक्ट्रम थप गर्नेछ । यो नयाँ स्पेक्ट्रमले राउटरहरु र अन्य उपकरणहरुका लागि उपलब्ध स्पेसको मात्रालाई अझ धेरै बढाएको छ । परिणामस्वरुप कुनै पनि डिभाइसमा धेरै ब्याण्डविथ र थोरै इन्टरफेरेन्सर हुनेछ ।

वाईफाईको कार्यान्वयनलाई निरीक्षण गर्ने एउटा औधोगिक समूह वाईफाई अलायन्सका मार्केटिङ लिडर केभिन रोबिन्सनले मतदान अघि भनेका थिए, ‘वाईफाई स्पेक्ट्रमको इतिहासमै पछिल्लो बीस वर्षमा यो सबैभन्दा ठूलो निर्णय हो ।’

२०२० को अन्त्यसम्ममा डिभाइसहरुले ६ गिगाहर्ज वाईफाई सपोर्ट गर्ने अपेक्षा गरिएको छ । यसकारण यसको कार्यान्वयन धेरै टाढा छैन । जब यो आउनेछ, तब यसलाई वाईफाई सिक्स ई को नामबाट ब्राण्डेड गरिनेछ बताइएको छ ।

हाम्रो कमजोर वाईफाईलाई यसले कसरी सहयोग गर्ला ?

तपाईंको डिभाइसमा वाईफाई नेटवर्कसँग कनेक्ट हुने समस्या छ भने स्पेक्ट्रम कन्जेसनको भएको हुनसक्छ । जब तपाईंले धेरै डिभाइसहरुलाई एउटै ब्याण्डको फ्रिक्वेन्सीसँग कनेक्ट गराउनु हुन्छ, त्यस्तो अवस्थामा केही डिभाइसहरुमा नेटवर्क ड्रप हुन्छ ।

तपाईंको क्षेत्रमा धेरैवटा वाईफाई नेटवर्क देखिन्छन् भने अब आफै विचार गर्नुहोस् कुन कारणले तपाईको कनेक्सन स्लो भइरहेको छ । कारण सामान्य छ, तपाईंको कम्प्युटर धेरैवटा सिग्नलहरुसँग प्रतिस्पर्धा गरिरहेको छ ।

६ गिगाहर्जले तपाईंको यो समस्यालाई समाधान गर्नसक्छ ।  यसले तपाईंको राउटरलाई यति धेरै नयाँ वायु तरंगहरुको स्थान उपलब्ध गराउँछ कि कहिल्यै पनि अहिले जस्तो वाईफाई च्यानलहरुका सिग्नल ओभरल्याप हुँदैनन् ।

यो नयाँ स्पेक्ट्रममा अधिकतम सात वाईफाई स्ट्रिम्सका लागि पर्याप्त क्षमताका रूमहरु हुन्छन् । यसअघिका स्पेक्ट्रमलाई प्रयोग नगरी बिना अवरोध सबै स्ट्रिम्स यो गिगाहर्जमा ब्रोडकास्ट हुनसक्छन् ।

एफस‍ीसीले ६ गिगाहर्ज ब्याण्डमा १२ सय मेगाहर्जको स्पेक्ट्रम खोल्दैछ । वितेको दुई दशकयता वाईफाई ४ सय स्पेक्ट्रममा सञ्चालन भइरहेको थियो । त्यसै सिमित स्पेसभीत्र सबै उपलब्ध च्यानलहरु विभाजित भइरहेका थिए ।

६ गिगाहर्ज ब्याण्डभीत्र भने हरेक च्यानलहरु १६० मेगाहर्जको आकारको हुने अपेक्षा गरिएको छ । तर हाल उपलब्ध स्पेसमा यो साइजका दुई च्यानल मात्र अटाउन सक्छन् । 

६ गिगाहर्ज वाईफाई

वाईफाईले कसरी काम गर्छ भन्ने कुरा सबैलाई थाहा नहुन सक्छ । वाईफाईले वायु तरंगमाथि प्रशारण भएर काम गर्छ । जुन वायु तरंगहरु सबैको प्रयोगका लागि खुल्ला हुन्छन् ।

आजको समयमा यो २.४ गिगाहर्ज र ५ गिगाहर्ज गरी दुईओटा ब्याण्डमा काम गरिरहेको छ । अब यसमा तेस्रो ब्याण्ड ६ गिगाहर्ज थप भएको छ ।  

ब्याण्डको नम्बर अनुसार उनीहरुको फिचरमा पनि फरक हुन्छ । २.४ गिगाहर्ज एकदमै चाँडो प्रवाह हुन्छ भने ६ गिगाहर्जले तीब्र डेटा उपलब्ध गराउँछ ।

यसमा कुन निश्चित फ्रिक्वेन्सी प्रयोग भयो भन्ने कुराले अर्थ राख्दैन । यसमा महत्वपूर्ण कुरा भनेको उपलब्ध भएको वायु तरंगको स्पेस अर्थात स्थान कति छ भन्ने मात्रै हो ।

यसमा ६ गिगाहर्जको स्पेस एकदमै धेरै छ । नयाँ ब्याण्डको स्पेस यस अघि उपलब्ध समग्र वाईफाईको स्पेस भन्दा पनि धेरै छ ।

एजेन्सीहरुको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३