close

डिशहोममै कक्षा ४ देखि १० सम्मको पढाई, ६ महिनादेखि रिचार्ज नगरेकालाई निःशूल्क सेवा

टेकपाना टेकपाना

बैशाख १९, २०७७ १७:२२

डिशहोममै कक्षा ४ देखि १० सम्मको पढाई, ६ महिनादेखि रिचार्ज नगरेकालाई निःशूल्क सेवा

काठमाडौं । स्याटेलाइट टेलिभिजन सेवाप्रदायक डिशहोमले लकडाउनमा घरमै बसेका विद्यार्थीका लागि ‘डिशहोम घरमै क्लास’ कार्यक्रम सुरु गरेको छ । डिशहोम र डियर वाक लर्निङ सेन्टरको सहकार्यमा कक्षा ४ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी टेलिभिजन कक्षा सञ्चालन गर्न लागिएको हो ।

कक्षा शनिबारदेखि सुरु हुनेछ । जसमा ४ देखि १० कक्षासम्मको अंग्रेजी, गणित, नेपाली र विज्ञान विषयका कक्षाहरु रहनेछन् ।

कक्षा १० का लागि च्यानल नम्बर ११४ मा, कक्षा ९, ८ र ७ का लागि च्यानल नम्बर ११५ मा र कक्षा ६, ५ र ४ का लागि च्यानल नम्बर ११७ मा टेलिभिजन कक्षा प्रशारण हुनेछन् । यी कक्षाहरु बिहान ८ बजेदेखी बेलुकी ८ बजेसम्म प्रशारण हुने डिशहोमले जनाएको छ ।

यसका साथै विगत ६ महिनाभन्दा बढी समयदेखि विभिन्न कारणले डिशहोम रिचार्ज गर्न नसकेका पुराना ग्राहरुका लागि डिशहोमले बैशाख २१ गते देखि लागु हुने गरी ३० दिन सम्मका लागि सम्पुर्ण २०८ च्यानलहरु निःशूल्क उपलब्ध गराउने छ ।

यो सुविधाबाट लकडाउनको अवधिमा ग्राहकको आफ्नो परिवारसँगको बसाईलाई रमाईलो बनाउन सहयोग पुग्ने डिशहोमको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३