close

एरिक युआनः जसलाई कोरोनाभाइरस र जूमले अर्बपति बनायो

टेकपाना टेकपाना

बैशाख २४, २०७७ १३:१८

एरिक युआनः जसलाई कोरोनाभाइरस र जूमले अर्बपति बनायो

सायद केही हप्ता अघिसम्म तपाईंले उनको नाम सुन्नु भएको थिएन । हुनसक्छ, अहिले पनि सुन्नु भएको छैन । तर, लकडाउनको यो परिस्थितिमा उनको सहयोगमा तपाईंले आफ्ना साथीहरुसँग कुराकानी गरेको भने हुनसक्छ । 

भिडियो कन्फ्रेन्सिङ कम्पनी जूमका संस्थापक एरिय युआन आफ्नो जीवनमा पहिलो पटक फोब्र्सको अरबपतिको सूचीमा सामेल भएका छन् । फोब्र्स म्यागेजिनले एरिक युआनको हैसियत ७.८ अर्ब अमेरिकी डलर (९ खर्ब ४२ अर्ब रुपैयाँ बराबर) रहेको अनुमान गरेको छ ।

खानी इन्जिनियरका छोरा एरिक युआनको जन्म चीनको सान्डोम प्रान्तमा भएको थियो । चीनमा इन्जिनियरिङको पढाई, फेरी जापानमा चार वर्षको जागिर अनि त्यसपछिको गन्तव्य अमेरिका । एरिक युआनको जिन्दगीमा अरु शिखर पनि आउने वाला थियो ।

तर, उनका लागि यो यात्रा त्यति सहज भने भएन । एरिक बिल गेट्सबाट प्रभावित थिए, सबैभन्दा धनी देशमा पुग्न चाहन्थे । सन् १९९० को दशमा क्यालिफोर्नियामा फलिफाप भइरहेका प्रविधि कम्पनीमा उनी सामेल हुन चाहन्थे । तर, त्यसका लागि यस्तो थिएन कि त्यहाँ कुनै ढोकामा उनका लागि कोही कुरी बसेको होस् । 

अमेरिकामा काम गर्ने अनि बस्ने अनुमति प्राप्त गर्नु अघि उनको भिषा आवेदन आठ पटकसम्म रद्द भइसकेको थियो । तर, तमाम चुनौतिका बावजूद सन् १९९७ मा २७ वर्षको उमेरमा एउटा नयाँ जिन्दगी सुरु गर्न सिलिकन भ्याली पुग्न सफल भए । निश्चित रुपमा उनको अंग्रेजी कमजोर थियो, तर आफ्नो प्रतिभा माझ्नका लागि उपयुक्त स्थान पहिल्याउन त्यति धेरै समय भने लागेन । 

प्रविधि सम्बन्धी कम्पनी वेब एक्समा प्रोग्रामरको रुपमा उनको यात्रा सुरु भयो । दशक पछि वेब एक्सलाई सिस्को नामक कम्पनीले खरीद गर्‍यो । जहाँ एरिक युआनले इन्जिनियरिङ विभागका प्रमुखको जिम्मेवारी पाए ।

सन् २०११ मा उनले सिस्कोका अधिकारीहरुलाई एउटा यस्तो भिडियो कन्फ्रेन्सिङ एप डेभलप गर्ने आइडिया दिए, न केवल डेक्सटप तथा ट्याब्लेटमा काम गर्दथ्यो, मोबाइल फोनबाट समेत एक्सेस गर्न सकिने थियो । तर, सिस्कोमा यो आइडिया खारेज भयो । 

Image MSN

एरिक भने रोकिएनन् । उनले आफ्नो व्यवसाय जूम सुरु गर्न पदबाट राजीनामा बुझाइदिए । अनलाइन पब्लिसिङ प्लेटफर्म मिडियमलाई दिएको एक अन्तर्वार्तामा एरिकले भनेका छन्, ‘जब मैले पहिलो पटक जूमको कल्पना गरेको थिएँ, त्यतिखेर म चीनमा एक विश्वविद्यालयको विद्यार्थी थिएँ ।

मलाई आफ्नी गर्लफ्रेन्डलाई भेट्न अक्सर १० घण्टाको रेल समात्नुपर्ने हुन्थ्यो । जो अहिले मेरी श्रीमति छिन् । मलाई त्यसरी यात्रा गर्नु कुनै पनि हिसावले मन परेको थिएन । म सोच्ने गर्दथेँ, कुनै यस्तो तरिका होस्, ता कि यात्रा बिना नै आफ्नी गर्लफ्रेन्डसँग भेटौँ ।’

यो त्यही सपना थियो, जसमा जूमको आधार अडेको थियो । तर, परियोजनाका लागि रकम जुटाउनु कम्ति चुनौतिपुर्ण थिएन । सिस्को छोडेपछि यस्तो लगानीकर्ता, जसलाई उनको परियोजनामा भरोसा होस्, जुन आफैमा मुस्किलको काम थियो ।

लगानीकर्ताको तर्फबाट आउने अस्वीकृतिको कारण यो थियो कि यस किसिमको व्यवसायमा त्यति धेरै संभावना बाँकी छैन । अरु कुनै नयाँ खेलाडीका लागि ठाउँ पनि छैन । 

फाइनाइन्सियल अखबारका अनुसार यसका लागि एरिक युआनले आफ्ना साथी तथा परिवारबाट रकम जोहो गरे । उनले अखबारलाई बताएका छन्, ‘यति तपाईंलाई कुनै व्यवसाय सुरु गर्नु छ भने, त्यसको समय एकदमै महत्वपूर्ण हुनजान्छ ।’ स्मार्टफोन र क्लाउड स्टोरेज कम्पनीको विस्तारले जूम जस्ता प्रडक्टका लागि अनुकूल परिस्थिति पैदा गरिदिएको थियो ।  

फोब्र्स म्यागेजिनसँग एरिकले भनेका छन्, ‘यतिसम्म कि मेरी श्रीमति पनि आश्वस्त थिइनन् । तर, मैले भनेको थिएँ, यो एक लामो र असहजपूर्ण यात्रा हो । मेरो अन्दाज छ कि, यदि म कोशिस नगरुँ, यसमा मलाई पछुतो रहनेछ ।’

यसरी आफ्नी प्रेमिकासँग भेट्नका लागि गरिएको रेलको यात्राले एक यस्तो प्लेटफर्म तयार गर्ने बाटो बनायो, जसले आज निकै लामो दुरीको विजनेस मिटिङलाई मोबाइल वा कम्प्युटर स्क्रीनमा संभव बनाइरहेको छ । 

अप्रिल २०१९ मा न्युयोर्क सिटीमा आयोजित न्यासडेक उद्घाटन समाहरोहमा बोल्ने क्रममा जूमका संस्थापक एरिक युआन | Kena Betancur/Getty Images

गत वर्ष न्यासडेकमा सूचीकृत हुनुअघिसम्म जूमको कारोबार बढिरहेको थियो । न्यासडेकमा सूचीकृत हुने कार्य पनि कम्पनीका लागि फलदायी नै रह्यो । क्लाउड सफ्टवेयर क्याटेगोरीमा जूम सबैभन्दा राम्रो प्रदर्शन गर्ने कम्पनीमा एक थियो ।

सेप्टेम्बरमा जब यो सफ्टवेयर संघर्ष गरिरहेको थियो, त्यतिखेर पनि जूमका लागि अवस्था राम्रै थियो । डिसेम्बरसम्म सबै कुरा सामान्य रुपमा नै चलिरहेको थियो । तब चिज अप्रत्याशित रुपमा बदलियो । दुनियाँ सामु कोरोना भाइरसको महामारी आइदियो ।

जब संसारभरको वित्तीय बजार डुबिरहेको थियो, जूमको शेयर १४ प्रतिशतका दरले उकालो लागिरहेको थियो । डिसेम्बरसम्म हरेक दिन जूममा एक करोड प्रयोगकर्ता आउने गर्दथे । मार्चसम्म यो संख्या बढेर २० करोड पुग्यो । कम्पनीको आँकडाअनुसार अप्रिलसम्म यो संख्या बढेर ३० करोड नाघिसकेको छ ।

बजारको अनुमान यो छ कि पछिल्लो तीन महिनामा एरिक युआनको हैसियत चार अर्ब डलर अर्थात चार खर्ब ८४ अर्ब रुपैयाँले बढेको छ ।  किन कि सारा विश्व लकडाउनमा छ । मानिसहरुलाई एक अर्कासँग कुराकानी गर्न एक प्लेटफर्म आवश्यक थियो ।

लकडाउनबीच व्यवसायीक बैठक वा अरु कुनै उद्देश्यका लागि कुराकानी गर्न माइक्रोसफ्ट, स्माइप तथा गूगल ह्याङआउट जस्ता खेलाडी बजारमा पहिलेदेखि नै जमिरहेकै थिए । तर, यी सबै हुँदा समेत जूमले जबरजस्त प्रदर्शन गर्‍यो । 

एरिक युआनले आखिर यो सबै कसरी सम्भव बनाए ? प्रविधि क्षेत्रका जानकार यसो भन्छन् कि जूमको चमत्कारका पछाडि सबैभन्दा ठूलो कारण यसलाई प्रयोग गर्न सहज छ । 

जूम प्रयोग गर्ने तरिका भिडियोमा

यसमा युजर रजिस्टर गर्न जरुरी छैन । एउटा कल कन्फ्रेन्समा ४० मिनेटसम्म सयजना एकसाथ जोडिन सक्छन् । साथमा यो निःशूल्क पनि छ । तर, यो दुई धारको तरबार जस्तो बनेको छ । यसलाई प्रयोग गर्न जति सहज छ, त्यसै सहजताले डेटा सुरक्षा तथा गोपनीयताका हिसावले खतरनाक बनाइदिएको छ । 

जूमको सुरुवाती कल्पना एउटा विजनेस मिटिङ टूलको रुपमा गरिएको थियो । तर, अहिले सबै तप्काका मानिसहरु निकै भारी मात्रामा यसको प्रयोग गरिरहेका छन् । कम्पनीमाथि ह्याकिङ आक्रमण बढेका छन् ।

जूमको प्रयोग गर्नु जोखिपूर्ण रहेको भन्ने जस्ता कुरा चर्चामा आएका छन् । यस्ता रिपोर्ट पनि आएका छन्, भिडियो कन्फ्रेन्सिङ दौरान ह्याकरले घुसपैठ गरे र आपत्तिजनक अश्लील पोस्टहरु प्रकाशित गदिएि ।

आजकल यस किसिमका घटनालाई जूम बम्बिङ नाम दिन थालिएको छ । मिटिङ रेकर्डिङ गर्न समेत सुरक्षित नभएको विषय समेत बाहिर आइरहेको छ । किन कि अरु कुनै मानिस पूर्व स्वीकृति बिना यसमा पुग्न सक्छन् । 

न्युयोर्कका महान्यायाधीवक्ता लेटिटिया जेम्सले जूमसँग कम्पनीले अतिरीक्त सुरक्षा मापदण्ड लागु गरे÷नगरेको विषयमा सोधेका छन् । सांसद, मन्त्री, कम्पनीका लगानीकर्ता र जूमका अन्य प्रयोगकर्ता विश्वसनीयतामाथि प्रश्न उठाइरहेका छन् ।

http://45.32.118.189/2020/19669/
यो पनि पढ्नुहोस् ??

एरिक युआन भन्छन् कि जूमको डिजाइन कम्पनीको आवश्यकता अनुसार डिजाइन गरिएको थियो । यति धेरै मात्रामा प्रयोगकर्ता आउनसक्ने कुराका लागि कुनै तयारी गरिएको थिएन ।

गोपनीयता र सुरक्षाको सवालमा उनले आफूहरु खरो रुपमा उत्रिन नसकेको स्वीकार गरेका छन् । यो समस्या समाधानका लागि कयौं घोषणा गर्दै एरिकले आफ्नो बयानमा भनेका छन्, ‘म एकदमै लज्जित छु ।’

प्रख्यात साइबर सेक्युरिटी कन्सल्ट्यान्ट ग्राहम क्लुले भन्छन्, ‘पछिल्ला हप्ता कम्पनीको निकै छानविन भएको छ । अनुसन्धानकर्ताले जूमको कोडको जाँच परख गरेका छन् । जसमा गम्भीर कमजोरी पाइएको छ ।’

यद्यपी, कम्पनीले सफ्टवेयर अपडेट जारी राखेको छ र अन्य सुरक्षा उपाय पनि अपनाइरहेको छ ।  जूम त्यस्तो प्लेटफर्म त होइन, जहाँ ठूला ठूला राजनेता जम्भीर विषयमा चर्चा गरुन् । तर, धेरैजसो आम प्रयोगकर्ताका लागि यो खराब विकल्प पनि होइन । वितेका केही हप्तामा अन्य कम्पनीले पनि आफ्नो रणनीति बदलेका छन् । 

गत हप्ता फेसबुकले म्यासेञ्जर रुम नामक फिचर सार्वजनिक गर्‍यो । जसमा ५० जना कुनै पनि किसिमको समयको पावन्दी बिना भर्चुअल मिटिङ गर्न सक्छन् । तर, जूमले जुन किसिमको कामयावी प्राप्त गरेको छ, त्यसलाई कायम राख्न सक्छ वा सक्दैन भन्ने कुरा अहिले नै यकीन गर्न भने सकिन्न । 

एजेन्सीहरुको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१