close

बीचमै रोकियो इन्स्टाग्रामको लाइट भर्सन एप

टेकपाना टेकपाना

बैशाख ३०, २०७७ १५:२

बीचमै रोकियो इन्स्टाग्रामको लाइट भर्सन एप

काठमाडौं । फोटो सेयरिङ एप इन्स्टाग्रामले आफ्नो लाइट भर्सनको एप बन्द गरेको छ । थोरै क्षमताका मोबाइल र स्लो इन्टरनेटमा पनि प्रयोग गर्न सकिने गरी दुई वर्षअघि सार्वजनिक गरिएको उक्त एप तत्कालका लागि बन्द गरिएको हो ।

दुई एमबी आकारको उक्त एप कम्पनीले सन् २०१८ मा पहिलो पटक मेक्सीकोमा सार्वजनिक गरेको थियो । पछि कम्पनीले यो एप केन्या, पेरु, फिलिपिन्स लगायतका देशमा उपलब्ध गराएको थियो ।

उक्त एप अप्रिल १२ देखी नै गूगल प्ले स्टोरमा अनपब्लिस अवस्थामा रहेको एन्ड्रोइड पोलिसीको प्रतिवेदनले देखाएको छ । तर, कम्पनीले भने सोमबार मात्रै यसको आधिकारिक जानकारी दिएको हो ।

कम्पनीले उक्त लाइट एपको परीक्षणको काम भइरहेको र लाइटको नयाँ भर्सनका साथ चाँडै आउने उल्लेख गरेको छ । तर, कहिले भन्ने विषयमा भने उल्लेख गरिएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१