close

अनलाइनमार्फत विदेशबाट फर्किनेको समस्या बुझ्दै प्रदेश ५, सर्वेक्षणमा भाग लिन यसो गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख ३१, २०७७ ११:२५

अनलाइनमार्फत विदेशबाट फर्किनेको समस्या बुझ्दै प्रदेश ५, सर्वेक्षणमा भाग लिन यसो गर्नुहोस्

काठमाडौं । प्रदेश नम्बर ५ सरकाले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको समस्याबारे अनलाइन सर्वेक्षण सुरु गरेको छ । प्रदेश योजना आयोलगले विदेशमा रोजगारी, व्यापार तथा पेशागत आयआर्जनमुखी काम गरिरहेका र उक्त कामबाट गएको जनवरी यता नेपाल फर्किएकाहरुलाई परेको समस्या बुझ्न अनलाइन सर्वेक्षण थालेको हो ।

प्रदेश सूचना तथा सञ्चार प्रविधि प्रतिष्ठानको प्राविधिक सहयोगमा सुरु गरिएको यो सर्वेक्षणबाट कोरोनाभाइरस (कोभिड-१९) ले उनीहरुमा पारेको असरको विवरण संकलन गरिनेछ । ‘यो सर्वेक्षण तथ्यांङ्क संकलनका लागि मात्र गरिएको हो,’ आयोगले जारी गरेको सूचनामा उल्लेख छ, ‘यो सर्वेक्षण प्रदेश सरकारको कुनै किसिमको आश्वासन भने होइन । संकलित तथ्यांक प्रदेशको नीति, कार्यक्रम, बजेट तथा योजना निर्माण प्रयोजनका लागि प्रयोग गरिनेछ ।’

यसको अर्थ प्रदेश सरकाले वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत बजेटमार्फत सम्बोधन गर्ने तयारी गरेको देखिन्छ । आयोगले एकै परिवारबाट एक जनाभन्दा बढी व्यक्ति विदेशबाट फर्किएको भए त्यस्ता व्यक्तिलाई छुट्टाछुट्टै रुपमा यो सर्वेक्षणमा सहभागी हुन आग्रह गरेको छ ।

आयोगले व्यक्तिको गोपनीयताको लागि सर्वेक्षणमा नाम उल्लेख गर्नु नपर्ने बनाएकाे छ । यदि तपाईं प्रदेश नम्बर ५ मा बस्नहुन्छ र भर्खरै विदेशबाट फर्किनुभएको हो भने यहाँ क्लिक गरी सर्वेक्षणमा सहभागी हुन सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१