close

स्टार्टअप सुरु गर्न आवश्यक पूँजी अनुदान दिइने

टेकपाना टेकपाना

जेठ २, २०७७ १७:३०

स्टार्टअप सुरु गर्न आवश्यक पूँजी अनुदान दिइने

काठमाडौं । सरकाले नवप्रवर्तन तथा स्टार्टअपहरुलाई अनुदान स्वरुप सुरुवाती पूँजी उपलब्ध गराउने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमको प्रस्तुत गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको योजनाबारे जानकारी गराएकी हुन् ।

राष्ट्रपती भण्डारीका अनुसार सरकारले विदेशबाट फर्किएका र नवप्रवर्तकलाई नयाँ व्यवसाय सुरु गर्न आवश्यक सुरुवाती पूँजी अनुदानको रुपमा उपलब्ध गराउने छ । त्यसका लागि व्यक्तिको अनुभव र अध्ययनसँग सम्बन्धित व्यवसाय भने हुनपर्ने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१