close

जूमजस्तै गूगल मीट अब सबैका लागि निःशूल्क, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

जेठ ३, २०७७ ११:३६

जूमजस्तै गूगल मीट अब सबैका लागि निःशूल्क, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । विश्व कसरी परिवर्तन हुँदैछ भन्ने धेरैको अन्दाज बाहिरको कुरा हो । केही महिनाभित्रै समूहमा काम गर्ने शैली परिवर्तन भयो । मिटिङहरु अहिले परम्परागत मिटिङमा मात्र सीमित छैनन् । 

मिटिङ नै अहिले काम सम्पन्न गर्ने माध्यम नै बनिसकेका छन् । अहिले भइरहेका मिटिङ हालसम्मकै सबैभन्दा महत्वपूर्ण मिटिङ हुन् । 

यसकारण गूगलले आफ्नो मीट प्रडक्टलाई री-इञ्जिनियरिङ गरेको छ ।  विजनेस मिटिङका लागि सुरु भएको यो सेवा अब सबैका लागि निःशूल्क उपलब्ध भएको छ ।

गत मार्चदेखि मीटका एड्भान्स फिरचहरु सबै जी स्वीट प्रयोगकर्ताका लागि निःशूल्क उपलब्ध गराइएको भएयता यसको दैनिक प्रयोग ३० गुणाले बढेको छ । अहिले मीटमा दैनिक तीन अर्ब मिनेट भिडियो मिटिङहरु होस्ट भइरहेका छन् ।

गत महिना प्रतिदिन करिब ३० लाखको दरले नयाँ प्रयोगकर्ताहरु थपिको गूगले जनाएको छ । अब भने कम्पनीले आफ्नो सेवा विश्वभरका सबै मानिसहरु अफर गरेको छ । 

कम्पनीले दुई हप्ता अघि नयाँ मीटको रोलआउटको घोषणा गरेको थियो । जसअन्तर्गत ईमेल एड्रेस भएका जोकोहीले मीट.गुगल.कम मा साइन अप गरेर मिटिङ होस्ट गर्न सक्नेछन् । साथै मिटिङलाई थप पहुँचयोग्य र सजिलो बनाउन कम्पनीले मीटलाई सिधै जीमेलमा पनि प्रयोग गर्न मिल्ने बनाएको छ ।

यसरी गर्नुहोस् मीटको प्रयोग

यदि तपाईसँग जीमेल अकाउन्ट छ, भने तपाईंले सजिलै  साइन इन गरेर गूगल मीट प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईंसँग गूगल अकाउन्ट छैन भने बनाउनु बनाउनुपर्ने हुन्छ । यसका लागि तपाईंलाई धेरै समय पनि लाग्ने छैन । 

वेबसाइटका लागि सबैभन्दा पहिले यहाँ क्लिक गरेर गूगल मीट खोल्नुहोस् । अब त्यहाँ रहेको ‘स्टार्ट अ मिटिङ’ मा क्लिक गर्नुभयो भने त्यहाँ एउटा विण्डो खुल्नेछ । जसमा नवीन र सुरक्षित मिटिङमा आयोजना गर्न तथा आवद्ध हुन सकिन्छ ।

अब दायाँ तर्फ रहेको ज्वाइन नाव अप्सनमा क्लिक गर्नुहोस् । यति गरेपछि तपाईंको  मिटिङ रुम तयार हुन्छ । जसमा पप अपको रुपमा लिङ्क देख्न सक्नुहुनेछ ।

यो लिंक शेयर अरुलाई मिटिङमा सहभागी हुन आमन्त्रित गर्न सकिन्छ । यसका साथै त्यसको मुनी रहेको एड पिपुलमा क्लिक गरेर ईमेल मार्फत आमन्त्रण पठाउन सक्नुहुन्छ । 

मिटिङ कोड राखेर अरुले होस्ट गरेको मिटिङमा सजिलै सहभागी हुन सक्नुहुन्छ । तपाईंले गूगल क्यालेण्डरको माध्यमबाट भिडियो मिटिङको योजना तथा अरुलाई आमन्त्रित गर्न पनि सक्नुहुन्छ ।

जीमेलबाट सोझै मीट प्रयोग गर्न बायाँ तर्फको ईमेल सेक्सनको पुछारमा रहेको मीट न्यूमा रहेको स्टार्ट अ मिटिङ वा ज्वाइन अ मिटिङमा दबाउन सक्नुहुन्छ ।  

भिडियो मिटिङको महत्व यसअघि यतिसाह्रो कहिल्यै देखिएको थिएन । गूगलले प्रयोगकर्ताहरुको आग्रह अनुसारका  फिचरहरु तीब्र गतिमा डेभलप गर्दै सबैका लागि उपलब्ध गराउँदै आएको छ । 

मीटको साधारण सेड्युल, स्क्रीन शेयरिङ, रियल टाइम क्याप्सन, रुचीअनुरुपको लेआउट, फराकिलो स्पष्ट देखिने स्क्रीनजस्ता फिचरहरु सबैले निःशूल्क रुपमा प्रयोग गर्न सक्छन्  । 

यसका साथै मिटिङसँगै च्याट गर्ने सुविधा, भिडियो तथा क्यामेराको क्वालिटी छनौटको विकल्प, अडियो तथा माइक्रोफोनको गुणस्तरको विकल्प लगायतका फिचर समेत पाउनु हुनेछ ।

यी सबै सुविधा गूगलको सुरक्षित, विश्वासिलो र विश्वव्यापी पूर्वाधारमा आधारित छन् । मीटमा होस्ट भएका मिटिङबाट तपाईंले पनि राम्रो अनुभव प्राप्त गर्न सक्नुहुन्छ । 

यसमा देखिने फराकिलो स्क्रिनको दृश्यले तपाईंलाई अझ नजिकबाट जोडेको अनुभव हुनेछ ।  गूगल मिटलाई थप पहुँचयोग्य र उपयोगी बनाउन निरन्तर विभिन्न उपायहरुको खोजी भइरहेको जी स्वीटका उपाध्यक्ष तथा प्रबन्ध निर्देश जेभियर सोल्टेरोले ब्लगमामार्फत बताएका छन् । 

उदाहरणका लागि सुन्न असक्षमहरुका लागि भिडियो मिटिङ एकदमै चुनाैतीपूर्ण छ । यसकारण कम्पनीले एआईको अटोमेटिक लाइभ क्याप्सन पनि सबैका लागि उपलब्ध गराएको छ । यसबाट यो प्लेटफर्म प्रतिस्पर्धी जूम लगायतका मध्यमभन्दा फरक तथा अतिरीक्त फिचरयुक्त बनेको छ ।

गूगल एआईले अन्य उपयोगी फिचरहरु लो लाइट मोड पनि प्रदान गरेको छ । जसले तपाईंको भिडियोलाई स्क्रीनमा देखिने बनाउन स्वचालित रुपमा प्रकाश संयोजन गर्ने काम गर्छ ।

मोबाइलमा गूगल मीट डाउलोड गर्न आईओएस प्रयोगकर्ताले यहाँ र एन्ड्रोइड प्रयोगकर्ताले यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३