close

दूरसञ्चार प्राधिकरणले कोरोना महामारीमा आखिर के गर्‍यो ?

टेकपाना टेकपाना

जेठ १७, २०७७ ८:२६

दूरसञ्चार प्राधिकरणले कोरोना महामारीमा आखिर के गर्‍यो ?

काठमाडौं । कोरोनाभाइरसको महामारी सुरु भएसँगै लागु भएको लकडाउन अझै कायमै छ । यो समयमा दूरसञ्चार क्षेत्रले पक्कै पनि महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

घरमै बसेर अफिसको काम गर्नेदेखि सामाजिक दूरी कायम गर्नु पर्दा आफ्ना आफन्तसँग नजिक रहने सहारा पनि दूरसञ्चार क्षेत्र नै बनेको छ ।

यो समयमा विभिन्न सेवा प्रदायकले प्रयोगकर्ताका लागि विभिन्न अफर ल्याउनुका साथै सरकारलाई सहयोग गर्नेसम्मको काम गरे । तर, यो क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले सेवाप्रदायक र उपभोक्ताका लागि यो अवधिमा के के गर्‍यो त ?

नियामकले सेवा प्रदायकका लागि सरकारको तर्फबाट सहजीकरण गर्नेदेखि सेवाग्राहीका लागि आफ्नो तर्फबाट गरिएका विभिन्न कार्यको फेहरिस्त सार्वजनिक गरेको छ ।

प्राधिकरणले यो अवधिमा मोबाइल सापटीमा वृद्धि, मोबाइल सेवामा शत प्रतिशतसम्मको बोनस, टोल फ्री नम्बरहरु वितरण, इन्टरनेट सेवामा २५ प्रतिशतसम्मको छूट दिनेलगायतका १६ वटा कार्य गरेको जनाएको छ ।

जसको विस्तृत जानकारी यहाँ पीडीएफमा हेर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१