close

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाटै सेक्युरिटी प्रेस ल्याउने सरकारको तयारी

टेकपाना टेकपाना

जेठ २७, २०७७ १२:४९

अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाटै सेक्युरिटी प्रेस ल्याउने सरकारको तयारी

काठमाडौं । सेक्युरिटी प्रेस खरिद सम्बन्धमा बारम्बार आरोप खेप्दै आएको सरकारले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाटै यसलाई खरिद गर्ने स्पष्ट पारेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मङ्गलबार प्रतिनिधिसभाको बैठकमा आगामी बर्षको बजेटका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिदैं त्यस्तो जानकारी दिएका छन् । ‘पारदर्शी र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सुरक्षण मुद्रण ल्याउँछौं’ उनले भने ।

त्यस्तै अर्थमन्त्रीले आगामी आर्थिक बर्षमा सेक्युरिटी प्रेसका लागि आवश्यक भौतिक पूर्वाधारका काम सुरु गरिने जानकारी दिएका छन् । उक्त प्रेस राख्नका लागि भवन निर्माणको काम आगामी आवबाट सुरु गरिने समेत उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०