close

‘इन्टरोप टोकियो’मा ह्वावेलाई ८ अवार्ड

टेकपाना टेकपाना

जेठ २८, २०७७ १५:२९

‘इन्टरोप टोकियो’मा ह्वावेलाई ८ अवार्ड

काठमाडौं । विभिन्न उद्योग र क्षेत्रले कोभिड–१९ को ठूलो मार खेपिरहेको अवस्थामा यसले सूचना तथा सञ्चार प्रविधि उद्योगको तीब्र विकासलाई भने रोक्न सकेको छैन । बरु विश्वका ठूला आईटी उद्योगहरु निरन्तर नयाँ खोज र अनुसन्धानमा जुटिरहेका छन् ।

ह्वावेको यही खोज र अनुसन्धानले कम्पनीलाई विभिन्न सम्मान समेत मिलिरहेको छ । कम्पनीले हालै जापानको सबैभन्दा ठूलो आईसीटी प्रदर्शनी ‘इन्टरोप टोकियो २०२०’ मा सर्वश्रेष्ठ प्रदर्शन पुरस्कार प्राप्त गरेको छ ।

आयोजकले ह्वावेको इनोभेटिभ प्रडक्ट एण्ड सोलुसनलाई विभिन्न आठ विधामा सम्मान गरेको हो । जसमा कम्पनीले नेटवर्क पूर्वाधारतर्फ उद्योगकै पहिलो सुपर सी–ब्याण्ड ट्रान्समिसन ‘अप्टीएक्सट्रयान्स ओएसएन ९८०० एम१२’ उत्पादन गरे बापत सम्मान पाएको छ ।

त्यस्तै क्लाउड पूर्वाधार अन्तर्गत ह्वावेले निर्माण गरेको ‘क्लाउड इन्जिन १६८०० डेटा सेन्टर स्विच’ ले पनि सम्मान पाएको छ । उक्त स्विचमा उद्योगकै सबैभन्दा उच्च घनत्व भएको ४०० जीई लाइन कार्ड प्रयोग गरिएको छ ।

सर्भर र भण्डारणमा पनि कम्पनीले सम्मान प्राप्त गरेको छ । ह्वावेको नेक्स्ट जेनेरेसन अल–फ्ल्यास स्टोरेज ओसियनस्टोर डोराडो ८०००र १८००० भी सिक्सलाई त्यसको कार्यक्षमता, विश्वसनीयता र इन्टेलिजेन्स बेञ्चमार्कका आधारमा सम्मान गरिएको गरिएको छ । त्यस्तै इन्टरनेट अफ थिंक्स (आईओटी) अन्तर्गत कम्पनीको ह्वावे एज कम्प्युटिङ गेटवे एआर ५०२ एच पनि सम्मानित भएको छ ।

त्यसका साथै कम्पनीले तयार पारेको इमिमो एज कम्प्युटिङ सोलुसन, एटलस ९०० एआई क्लसटरका लागि ग्राण्ड पुरस्कार प्राप्त गरेको छ । त्यस्तै कम्पनीले फाइभजी एआर नेट इन्जिन एआर ६००० र इन्टिलिजेन्स डेटा सेन्टर इन्टरकनेक्सन प्रडक्टका लागि स्पेसल अवार्ड हात पारेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०