close

एक वर्षभित्र देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिंदै, बजेट ३ अर्ब

टेकपाना टेकपाना

असार १, २०७७ १४:४३

एक वर्षभित्र देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिंदै, बजेट ३ अर्ब

काठमाडौं । सरकारले एक वर्षभित्र देशभर तीब्र गतिको ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणको वार्षिक कार्यक्रम अन्तर्गत देशभर इन्टरनेट विस्तारका लागि ३ अर्ब रुपैयाँ छुट्याइएको छ ।

भर्खरै नियामक प्राधिकरणको बोर्डबाट पारित वार्षिक कार्यक्रमअनुसार एक वर्षको अवधिमा ७७ वटै जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था आदिमा ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिनेछ । ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरी यो परियोजना सम्पन्न गर्न लागिएको छ ।

चालु आर्थिक वर्षको परियोजनाकै निरन्तरताको रुपमा रहेको यो परियोजना नेपाल सरकारको नीतिगत निर्देशनमा अगाडि बढाइएको हो । विभिन्न इन्टरनेट सेवाप्रदायक कम्पनी मार्फत देशभर इन्टरनेट विस्तार गरिने प्राधिकरणले जनाएको छ । यद्यपी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि मात्र यो वार्षिक कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०