close

निसान गाडी किन्दा ६ महिनाको किस्ता र ब्याज तिर्नु नपर्ने, डाउन पेमेन्ट ३० प्रतिशत मात्र

टेकपाना टेकपाना

असार १, २०७७ १९:९

निसान गाडी किन्दा ६ महिनाको किस्ता र ब्याज तिर्नु नपर्ने, डाउन पेमेन्ट ३० प्रतिशत मात्र

काठमाडौं । निसान गाडीको आधिकारीक वितरक पायोनियर मोटोकर्पले ‘बाइ नाव, पे लेटर’ योजना सार्वजनिक गरेको छ । कोरोनाभाइरसको महामारी तथा लकडाउनको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले यस्तो योजना ल्याएको हो ।

योजनाअन्तर्गत निसान गाडी खरिद गर्दा ६ महिनासम्मको ईएमआई (किस्ता) र ब्याज तिर्नु नपर्ने कम्पनीले जनाएको छ । साथै निसानका सबै गाडीहरु ३० प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुनेछन् । कम्पनीका अनुसार यो योजना स्टक बाँकी रहेको अवधिसम्म लागु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०