close

फेसबुकले १ खर्ब १३ अर्ब रुपैयाँमा खरीद गर्‍यो मानव मस्तिष्क पढ्नसक्ने प्रविधि

टेकपाना टेकपाना

असोज ६, २०७६ ३:३०

फेसबुकले १ खर्ब १३ अर्ब रुपैयाँमा खरीद गर्‍यो मानव मस्तिष्क पढ्नसक्ने प्रविधि

फेसबुकले मानव मस्तिष्क अध्ययन गर्ने प्रविधि विकास गरिरहेको एउटा स्टार्टअप कम्पनीलाई १ अर्ब अमेरिकी डलर अर्थात् १ खर्ब १३ अर्ब नेपाली रुपैयाँ मूल्यमा खरिद गरेको छ ।

न्युयोर्कमा अवस्थित सीएलटीआर ल्याब नामक उक्त स्टार्टअप कम्पनी ३ वर्ष अघि मात्र खुलेको थियो । लिङ्कडिनमा उल्लेख भएअनुसर यो कम्पनीमा मुस्किलसँग ७० जना कर्मचारी कार्यरत छन् । रिष्टब्याण्ड डिभाइसको प्रयोगबाट मानवीय सोचाई तथा विचारहरु बुझ्न सम्भव बनाउने फेसबुकको भिजनलाई यो डिलले सहयोग पुर्‍याउने फेसबुक हार्डवेयर एक्ज्युकेटिभ एन्ड्रियु बोसवर्थले आफ्नो वक्तव्यमा उल्लेख गरेका छन् ।

फेसबुकले सन् २०१७ मा पहिलोपटक दिमाग अध्ययन गर्न सक्ने प्रविधिको विकास गरिरहेको जनाउ दिएको थियो । फेसबुकले यस अघि ठूलो खरीदको रुपमा सन् २०१४ मा भर्चुअल रियालिटी हार्डवेयर तथा सफ्टवेयर सम्बन्धि कम्पनी ओकुलस भीआरलाई २ अर्ब डलरमा अधिग्रहण गरेको थियो ।

सामाजिक सञ्जालको रुपमा विश्वप्रशिद्ध फेसबुकले हाल आइवेयर (आँखामा लगाउन मिल्ने) प्रविधि विकासमा समेत लगानी गरिरहेको छ । जुन प्रविधि कुनै दिन मानव मस्तिष्कको अध्ययन गर्ने प्रविधिमा संयोजन हुन सक्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३