close

घरबाटै सामान खरिद गर्न सकिने सामसङ प्लाजाको वेबसाइट, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

असार ११, २०७७ १२:४८

घरबाटै सामान खरिद गर्न सकिने सामसङ प्लाजाको वेबसाइट, यसरी गर्नुहोस् प्रयोग

काठमाडौं । डिजिटल प्लेटफर्म विस्तार गर्ने क्रममा सामसङ प्लाजाले आफ्नो परिमार्जित वेबसाइट सार्वजनिक गरेको छ । सामसङ इलेक्ट्रोनिक्स र होम अप्लाएन्सका लागि आधिकारिक वितरकको रुपमा रहेको हिम इलेक्ट्रोनिक्स प्रालिले सामसङ प्लाजाका लागि परिमार्जित वेबसाइट सार्वजनिक गरेको हो ।

नयाँ वेबसाइटमार्फत ग्राहकले सुरक्षित रुपमा घरबाटै सामसङका उत्पादन खरिद गर्न सकिने जनाइएको छ । उक्त वेबसाइटमा सामसङका उत्पादनबारे जानकारी, विशेषता र मुल्यबारे जानकारी राखिएको छ ।

ग्राहकले वेबसाइटमा गएर आफूलाई आवश्यक सामान कार्टमा राखेर खरिद गर्न सक्ने छन् ।कम्पनीका अनुसार वेबसाइटमार्फत नै ग्राहकले सेवा र सर्भिससँग सम्बन्धित जिज्ञासा समेत राख्न सक्नेछन् ।

हिम इलेक्ट्रोनिक्स प्रालिकी निर्देशक सीमा गोल्छाका अनुसार सामसङ प्लाजा नेपालका विभिन्न स्थानमा रहेका छन् । जहाँ एलईडी टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रोवेभ ओभन र मोबाइल फोनहरु उपलब्ध रहेका छन् ।

उनका अनुसार बजार विस्तार र बजारमा आफ्नो उपस्थितिलाई बलियो बनाउनका लागि नयाँ वेबसाइट सार्वजनकि गरिएको हो । ‘यसले आगामी दिनमा हाम्रो बजार विस्तारमा समेत ठूलो योगदान पुर्‍याउने छ,’ उनले भनिन्, ‘नयाँ वेबसाइटमार्फत ग्राहकले घरमै बसेर सामसङका उत्पादनहरु खरिदको नयाँ अनुभव लिन सक्नेछन् ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१