close

चर्चामा गे डेटिङ एप ब्ल्यूड

टेकपाना टेकपाना

असार ११, २०७७ १५:५६

चर्चामा गे डेटिङ एप ब्ल्यूड

एजेन्सी । चीनको एलजीबीटीक्यू समुदायबाट सिमित समर्थन प्राप्त चीनको गे डेटिङ एप ब्ल्यूडलाई पछिल्लो समय करोडाैं  समलिङ्गीहरुले प्रयोग गरिरहेका छन् । विगत केही वर्षयता यो एपले निकै चर्चा र दाम कमाइरहेको छ ।

यसले अमेरिकामा आईपीओबाट पाँच करोड डलर रकम उठाएको छ । हाल यो एप चार करोडभन्दा धेरै पटक डाउनलोड भइसकेको छ ।

तेस्रो लिङ्गी समुदायका मानिसहरुका लागि बनाइएको यो एपमा लाइभ च्याटको समेत सुविधा छ । यो एप ब्ल्यू सिटी होल्डिङ हङकङ लिमिटेडले बनाएको हो ।

एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३