close

फोनकै भरमा औषधी घरमा, साथमा रगत परीक्षणको सुविधा पनि

टेकपाना टेकपाना

असार १३, २०७७ १९:१८

फोनकै भरमा औषधी घरमा, साथमा रगत परीक्षणको सुविधा पनि

काठमाडौं । ‘औषधी घरमा, फोनकै भरमा’ नाराका साथ चार बर्षदेखि घर घरमा औषधी डेलिभरी सेवा दिँदै आएको अनलाइन फार्मेसी इजी केयरले लकडाउनको समयमा पनि  हप्तामा सातै दिन र चौबीसै घण्टा आफ्नो सेवालाई निरन्तरता दिएको छ। 

काठमाडौ उपत्यकाको रिङरोडबाट पन्ध्र किलोमिटर बाहिरसम्म नि:शूल्क रुपमा औषधीको होम डेलिभरी दिइरहेको आएको कम्पनीका संस्थापक पवनराज घिमिरेले बताए । बिहान नौ बजे अगाडिको अर्डर सोही दिन र बाँकी अर्डर चौबीस घण्टाभित्र डेलिभरी गरिने इजी केयरले जनाएको छ ।

जीवन रक्षाका लागि अत्यावश्यक औषधीको  इमर्जेन्सी डेलिभरीको सुविधा समेत रहेको कम्पनीको भनाई छ । यस्तोमा रातिको इमर्जेन्सी डेलिभरीमा पाँच सय थप शूल्क लाग्ने संस्थापक घिमिरेले बताए ।

इजी केयरको गोदाममा उपलब्ध नभएका औषधी बजारबाट खोजेर भए पनि डेलिभरी दिइँदै आएको उनको भनाई छ । नेपालमा उत्पादन नहुने औषधी बजारमा ‘सर्टेज’ भएको अवस्थामा समेत कम्पनीले निश्चित समय लगाएर बिदेशबाट मगाएर उपलब्ध गराउँदै आएको छ ।

रगतको ‘स्याम्पल टेस्ट’ (नमूना परीक्षण) को सेवा पनि दिँदै आएको इजी केयरका स्वास्थकर्मी स्याम्पल संकलन गर्न ग्राहकको घरमै पुग्ने गरेका छन् । यसरी संकलन गरिएको नमूना गुणस्तरीय ल्यावमा जाँच गरेर रिपोर्ट समेत घरमै पुर्‍याउने गरिएको कम्पनीले जनाएको छ ।

उक्त सेवाका लागि ल्याव शूल्क बाहेक ‘होम सर्भिस’को थप सय रुपैयाँ शूल्क लाग्ने गरेको छ । साथै घरमा डाक्टर बोलाउनु परेमा ‘डक्टर अन कल’को व्यवस्था समेत मिलाइएको छ ।

ग्राहक र कर्मचारी दुवैको स्वास्थ्यप्रती सजग हुँदै कर्मचारीको नियमित स्वास्थ परीक्षण गर्ने गरिएको घिमिरेले बताए । मास्क र स्यानिटाइजर मात्र नभएर आवस्यक पीपीईको प्रयोग गरेर कम्पनीका कर्मचारी होम डेलिभरीमा खटिने गरेको कम्पनीका अर्का संचालक सुप्रित बाँस्कोटाले बताए ।

डेलिभरीमा प्रयोग हुने सवारी साधनका साथै औषधी गोदाममा भित्र्याउँदा र ग्राहक कहाँ डेलिभरी गर्नु अगाडि प्याकेजिङ गरेपछि डिसइन्फेक्सन स्प्रे गर्ने गरिएको बास्कोटाको भनाई छ ।

‘ग्राहकलाई पठाउने औषधीको प्याकेजिङ मान्यता प्राप्त फर्मासिस्टले गर्छन्,’ बास्कोटाले भने, ‘हरेक औषधीमा बाह्र प्रतिशत नगद छूट समेत दिँदै आएका छौं ।’

ग्राहकहरुको सुविधा र स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै इजी केयरले औषधी तथा सेवाको अनलाइन भुक्तानीको व्यवस्था समेत मिलाएको छ । जसअनुसार ई-सेवा, आइएमई पे, खल्ती, फोन-पे, बैंक कार्ड, कनेक्ट आईपीएस लगायतका माध्यमबाट भुक्तानी गर्न सकिने बताइएको छ।

सनराइज बैंकको कार्डबाट भुक्तानी गर्दा थप दश प्रतिशत ‘क्यास ब्याक’ समेत उपलब्ध गराउने गरिएको छ । साथै अनलाइन भुक्तानी गर्न नसक्ने ग्राहकले डेलिभरीको समयमा नगद भुक्तानी गर्न सक्ने विकल्प समेत रहेको छ ।

लकडाउनपछि इजी केयरले आफ्नो सेवा पोखरा र बिराटनगरमा समेत बिस्तार गर्ने योजना बनाएको छ ।

इजी केयरमा सम्पर्क गर्न यहाँ क्लिक गर्नुहोस् । वेबसाइटमा सामान हेरे अर्डर गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३