close

फेवाबजार ई-कमर्सबाट सामान खरिद गर्नेलाई कोरोना बीमा निःशूल्क

टेकपाना टेकपाना

असार १७, २०७७ ८:५९

फेवाबजार ई-कमर्सबाट सामान खरिद गर्नेलाई कोरोना बीमा निःशूल्क

फेवाबजार  ई-कमर्स कम्पनीले उपभोक्ताको समेत कोरोना बीमा गरिदिने भएको छ । मूख्य कार्यालय पोखरामा तथा कर्पोरेट कार्यालय काठमाडौंमा रहेको फेवाबजारले विषय परिस्थितिलाई मध्यनजर गर्दै यस्तो सुविधा दिन थालेको हो ।

देशका विभिन्न ठाउँमा डेलिभरी सेवा दिँदै आएको फेवा बजार डटकम ई-कमर्सबाट सामान खरिद गर्ने ग्राहकहरुको १ लाख रुपैयाँसम्मको कोरोना बीमा निःशूल्क रुपमा गरिदिने जनाएको छ । तर कोरोना बीमा गर्नका लागि न्यूनतम ५ हजार रुपैयाँको सामान खरिद गर्नुपर्ने हुन्छ।

कोरोना बीमाका लागि सगरमाथा इन्स्योरेन्ससँग सम्झौता भइसकेको फेवाबजार डटकमले जनाएको छ । कोरोनाभाइरसको महामारीका कारण यतिखेर सिंगो विश्व नै आक्रान्त छ ।

‘यसलाई रोकथाम तथा नियन्त्रणसँगै उपचारमा सहयोग पुर्‍याउन तथा कोरोनाभाइरस संक्रमण भइहालेमा थप आर्थिक नोक्सानी नहोस् भन्ने उद्देश्यका साथ कोरोना बीमाको व्यवस्था गरिएको छ,’ कम्पनीले उल्लेख गर्दै भनेको छ, ‘सामाजिक उत्तरदायित्व बहन गर्दै उपभोक्ताको हितका रक्षा गर्ने उद्देश्यका साथ यो योजना अगाडि सारिएको हो ।’

विश्वव्यापी महामारीको रुपमा फैलिएको नोवल कोरोना भाइरस (कोभिड–१९) का कारण देशमा लकडाउन जारी छ । तर लकडाउनको समयमा समेत फेवा बजार डटकमले उपभोक्ताको अर्डरअनुसारका अत्यावश्यक सामग्रीहरुको होम डेलिभरी सेवा जारी राखेको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, दमौली, डुम्रे, बागलुङ, लेखनाथ लगायत क्षेत्रमा रहेका कम्पनीका कार्यालयबाट समेत सेवा निरन्तर रुपमा जारी रहेको कम्पनीले जनाएको छ ।

फेवाबजार एप डाउनलोड गरी विभिन्न किसिमका सामान खरिद गर्न सकिन्छ । यसरी खरिद गरेका सामग्रीको भुक्तानी ई–सेवा र खल्तीबाट गर्न सकिने व्यवस्था मिलाइएको छ ।

फेवाबजार डटकम ई-कमर्समा किस्ताबन्दीमा (ईएमआई) २० हजारदेखि पाँच लाख रुपैयाँका सम्मका सामाग्री खरिद गर्न सकिने व्यवस्था समेत रहेको छ । फेवाबजारले हरेक महिनाको ५ गतेदेखि १७ गतेसम्म सामान खरिद गर्ने ग्राहकलाई विभिन्न अफर समेत दिँदै आएको छ ।

फेवाबजारको एप डाउनलोड गर्न आईओएसका लागि यहाँ र एण्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३