close

अनुमति नलिई ड्रोन उडाउने चार जना पक्राउ

टेकपाना टेकपाना

असार १८, २०७७ १५:२३

अनुमति नलिई ड्रोन उडाउने चार जना पक्राउ

काठमाडौं । बिना अनुमति ड्रोन चलाउने चार जना प्रक्राउ परेका छन् । काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा बिना अनुमति ड्रोन उडाइरहेका चार जनालाई बुधबार साँझ प्रहरीले प्रक्राउ गरेको हो ।

प्रक्राउ पर्नेमा मार्चिङ एण्ड प्रालिमा कार्यर ललितपुर महानगरपालिका-१० बस्ने ३१ वर्षीय रवि शाक्य सहित ४ जनारहेका छन् । उक्त स्थानमा मानव रहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त भएपछी महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी त्यहाँ पुगेका थिए । त्यहाँ पुग्दा ड्रोन उडाउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अनुसन्धानको क्रममा मार्चिङ एण्ड प्रालि कम्पनीले उक्त स्थानमा रहेको माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न जिम्मा पाएका थिए । उक्त भिडियो खिच्नको लागि उनीहरुले बिना अनुमती ड्रोन उडाउँदा निषेधित क्षेत्रमा पुगेको अनुसन्धानबाट खुल्न आएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३