close

एपमाथि भारतले लगाएको प्रतिबन्धमा चीनले भन्याे, आवश्यक कानूनी प्रक्रिया थाल्छौं

टेकपाना टेकपाना

असार १९, २०७७ १७:१५

एपमाथि भारतले लगाएको प्रतिबन्धमा चीनले भन्याे, आवश्यक कानूनी प्रक्रिया थाल्छौं

काठमाडौं । भारत सरकारले ५९ ओटा चिनियाँ एपमाथि लगाएको प्रतिबन्धको विषयलाई लिएर चीनको परराष्ट्र मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रालयले भारतमा प्रतिबन्धमा परेका आफ्नो देशका एपको संरक्षका लागि सरकारले कानूनी प्रक्रिया अघि बढाउने बताएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी समर्थित अखबार ग्लोबल टाइम्सले चीन सरकारको धारणा सार्वजनिक गरेको हो । यसअघि भारत सरकारले टिकटक सहित ५९ वटा चिनियाँ एप बन्द गर्ने निर्णय गरेको थियो । सीमा विवादका कारण पछिल्लो केही समययता भारत र चीनबीचको तनाव उत्कर्षमा छ । सीमा क्षेत्रमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि भारतमा चीन विरोधी भावना उग्र बनेको हो ।

जसको प्रतिफल स्वरुप भारत सरकारले चिनियाँ एपमाथि प्रबिन्ध लगाएको थियो । तर भारत सरकारले चिनियाँ एप बन्द गर्नु पछाडि डेटा चोरी गरेर आफ्नो देशभन्दा बाहिरका सर्भरमा पठाउने गरेको आरोप लगाएको छ । चिनियाँ सञ्चारमाध्यमले भने एप प्रतिबन्धको भारतीय फैसलालाई उग्र राष्ट्रवादको संज्ञा दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३