close

आईफोन वा आईप्याड प्रयोग गर्नुहुन्छ ? तत्काल चेक गर्नुहोस्, सेक्युरिटीका यी सेटिङ

टेकपाना टेकपाना

असार २१, २०७७ १६:४५

आईफोन वा आईप्याड प्रयोग गर्नुहुन्छ ? तत्काल चेक गर्नुहोस्, सेक्युरिटीका यी सेटिङ

काठमाडौं । आईओएसको एउटा राम्रो फिचर के छ भने कुनै परिवर्तन बिना ‘आउट अफ द बक्स’ हुँदै गर्दा यो एउटा सुरक्षित प्लेटफर्म हो । यो प्लेटफर्मले जुनसुकै शंकास्पद एफलाई आफ्नो एप स्टोरभित्र छिर्न दिदैँन । सुरक्षाको मामिलामा एप्पलले राम्रो सन्तुलन कायम गरेको छ । 

यद्यपी आईफोनको सुरक्षा सेटिङलाई एकपटक चेक गरेर हेर्न भने जरुरी छ । आज हामी तपाईंलाई यस्ता पाँच किसिमका सेटिङबारे बताउँदैछौं, जुन तपाईंले चेक गर्न अति नै आश्यक छ । 

१. आफूसँग बलियो पासकोड भएको सुनिश्चित गर्नुहोस् 

अत्यधिक प्रयोग हुने वा मानिसहरुले सहजै अनुमान लगाउन सक्ने किसिमका पासकोडहरु कहिल्यै प्रयोग नगर्नुहोस् । यदि यस्ता पासकोड प्रयोग गरिरहनु भएको छ भने आजै परिवर्तन गर्नुहोस् । 

यसका लागि सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यसपछि फेस आईडी एण्ड पासकोड वा पुराना फोनमा टच आईडी एण्ड पासकोडमा जानुहोस् । त्यहाँ आफ्नो पासकोड इन्टर गर्नुहोस् र अप्सनको सेटमा प्रेवेश गर्न पासकोड अप्सनमा ट्याप गर्नुहोस् । त्यसपश्चात सबैभन्दा सुरक्षित कस्टम अल्फा न्युमेरिक कोड वा दोस्रो उत्कृष्ट विकल्प कस्टम न्युमेरिक कोड वा तेस्रो सबैभन्दा अन्तिमको कमजोर अप्सन फोर डिजिट न्युमेरिक कोड चयन गर्नुहोस् । 

२. कन्ट्रोल लिकेज 

आफ्नो लक डिभाइसमा थोरैभन्दा थोरै मात्र जानकारीहरु बाहिरिन दिने गरी डिभाइसमा नियन्त्रण बनाउनुहोस् । 

आईओएस थर्टिनले निम्न कुराहरुमा प्रयोगकर्तालाई नियन्त्रण गर्ने सुविधा दिन्छ । 

  • टूडे भ्यू
  • नोटिफिकेसन सेन्टर
  • कन्ट्रोल सेन्टर
  • सिरी
  • रिप्लाई विथ म्यासेज
  • होम कन्ट्रोल
  • वालेट
  • रिटर्न मिस्ड कल
  • यूएसबी एसेसरिज

यसमा होम कन्ट्रोल र वालेट बाहेक सबैलाई डिसेबल गर्न पनि सक्नुहुन्छ ।

तपाईंले जति समय फोन लकडाउन गर्नु भयो डिभाइस र डेटा त्यति नै सुरक्षित हुन्छ । तपाईंको फोनमा भएको यूएसबी एसेसरिज फिचर एकदमै उपयोगी हुन्छ ।

किनभने आईफोन वा आईप्याड एक घण्टा वा त्योभन्दा लामो समय लक हुँदा यसले लाइटनिङ पोर्टलाई डिभाइसको कुनै पनि एसेसरीसँग कनेक्ट हुनबाट जोगाउँछ । 

यसका लागि सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यहाँ रहेको फेस आईडी एण्ड पासकोडमा गएर यी कुराहरुमा आफ्नो नियन्त्रण जमाउन तपाईंको अहिलेको पासकोड इन्टर गर्नुहोस् । 

३. पुरानो पासकोड प्रयोग गर्दै हुनुहुन्छ ?

यदि वेब पासवर्ड स्टोर गर्न तपाईंले आईक्लाउड किचेन प्रयोग गर्नुहुन्छ भने पासकोड पुनः प्रयोग चेक गर्न पनि तपाईंले यसको प्रयोग गर्नसक्नुहुन्छ । तर यो बानी गलत हो । त्यसले यसो नगर्न हामी सल्लाह दिन्छौं । 

यसका लागि सेटिङमा जानुहोस् । पासकोड एण्ड अकाउन्टहुँदै वेबसाइट एण्ड एफ पासकोडमा जानुहोस् । फेस आईडी, टच आईडी वा पासकोडले अथेन्टिकेट गर्नुहोस् । 

तपाईंले पुरानो पासवर्ड प्रयोग गर्नु भएको रहेछ भने त्यहाँ खैरो रंगको त्रीकोणभित्र उद्गार चिन्ह देख्न सक्नुहुन्छ । यदि त्यस्तो चिन्ह आयो भने चेन्ज पासवर्ड अन वेबसाइटमा ट्याप गरेर पासकोड परिवर्तन गर्नुहोस् । 

४. लकस्क्रीन टाइमआउटको समय छोट्याउनुहोस् 

तपाईंले आफ्नो स्क्रीन टाइमआउटलाई जति छोटो बनाउनु भयो त्यति नै तपाईंको आईप्याड वा आईफोनमा अरुको पहुँच कम हुन्छ । त्यसकारण यसलाई ३० सेकेण्डभन्दा धेरै कहिल्यै नराख्नुहोस् । 

नयाँ स्क्रीन टाइमआउट सेट गर्न सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यसपछि डिस्प्ले एण्ड ब्राइटनेसहुँदै अटो लकमा प्रवेश गर्नुहोस् ।  

५. नोटिफिकेसन प्रिभ्यूलाई लुकाउनुहोस् 

जो पायो त्यसैलाई तपाईंको डेटा हेर्न नदिन आफ्नो नोटिफिकेसन प्रिभ्यूलाई लुकाउनुहोस् । 

यसका लागि सबैभन्दा पहिले सेटिङमा जानुहोस् । त्यसपछि नोटिफिकेसनहुँदै सो प्रिभ्यूमा ट्याप गरेर ह्वेन अनलक चयन गर्नुहोस् ।

अनि अन्त्यमा

आफ्नो फोनलाई प्रत्येक हप्ता रीबूट (रीस्टार्ट) गर्नुहोस् । यसले तपाईको फोनको पर्फमेन्सलाई सुधार गर्ने मात्र होइन फोनलाई टाढाबाट हुने सुरक्षा जोखिम पनि कम गर्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३