close

सरकारले सहजिकरण गरे टिकटका लागि लाइन लाग्नु नपर्ने व्यवस्था मिलाउन बससेवा तयार

टेकपाना टेकपाना

असोज ८, २०७६ १४:४०

सरकारले सहजिकरण गरे टिकटका लागि  लाइन लाग्नु नपर्ने  व्यवस्था मिलाउन बससेवा तयार



नेपालमा अनलाइनबाट बस टिकट काट्न सकिने बससेवा डटकम एकमात्र सेवा प्रदायक हो । यात्रुले अनलाइन टिकट उपलब्ध गन्तव्यका लागि बसेवा डटकम, इसेवा, आइएमर्ई पे, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ लगायतबाट सहजै टिकट काट्न सक्छन् । संस्थापक खनालले सरकारले थौरै मात्रामा सहजीकरण गरिदिए कसैले पनि टिकट काट्न लाइनमा लाग्नुनपर्ने बताए ।

‘हामीले यातायात क्षेत्रमा आवश्यक उच्च्स्तरको प्रविधि निर्माण गरेका छौँ,’ उनले भने ‘सबै रूटका सवारीलाई अनलाइनमा राख्ने र अग्रिम बुकिङ अनलाइनबाट गर्ने हो भने कोही पनि लाइन लाग्नु पर्दैन । अनलाइन टिकट काट्दा कति गाडी छन्, कति सिट बाँकी छन्, कति बुकिङ भए र थप कति गाडी आवश्यक पर्छ भन्ने सबै कुराको यकीन विवरण समेत रहन्छ । यसले टिकट दोहोरिने तथा नपाउने समस्या पनि हुँदैन । एक जनालाई पनि लाइन नलागेरै हरेक घरघरमा टिकट पुर्‍याउन हामी सक्षम छौँ ।’

नेपालीहरूको महान चाड दशैँ नजिकिएसँगै सबैलाई आआफ्नो घर जाने चटारो सुरू भएको छ । दशैँको अग्रीम टिकट बुकिङ खुल्ला भएपछि मानिसहरू रातभर टिकट लागि लाइन लाग्ने गरेका छन् । तर पछिल्लो समयमा अनलाइनबाट बस टिकट काट्न सकिने भएपछि त्यसतर्फ यात्रुहरुको आकर्षण बढेको छ । अघिल्लो वर्षमा करिब ४ हजारले अनलाइन टिकट काटेकोमा यस वर्ष बुकिङ खुलेको चारदिनमै करिब ८ हजार जनाले टिकट काटेको बससेवाले जनाएको छ ।

टिकट काट्ने दिन अझै बाँकी रहेकाले यो वर्ष हजारौँ यात्रुले अनलाइनबाट टिकट काट्ने अनुमान गरिएको बससेवा डटकमका संस्थापक पिआर खनाल बताउँछन् । यातायात व्यवसायीले थोरै सिट मात्र उपलब्ध गराउँदा सबैलाई अनलाइन टिकट उपलब्ध गराउन मुस्किल परेको उनको भनाई छ ।


अन्यत्रका टिकट कम भएपनि बुटवल, भैरहवा, दाङ, पोखरा, बाग्लुङ, म्याग्दी, चितवन, सुर्खेत, रूकुम, जोमसोम, ओखलढुंगाा, खोटाङ, नुवाकोट, रसुवा, जनकपुर लगायतका ठाउँका लागि भने पर्याप्त मात्रामा अनलाइनबाट टिकट उपलब्ध छन्,’ उनले भने ।


पूर्वी तथा सुदुरपश्चिम लगायतका जिल्लाका टिकट भने अनलाइनमा कम उपलब्ध हुँदा यात्रुहरुले पर्याप्तमात्रामा टिकट पाउन सकेका छैनन् । खनालले आफूहरु प्रविधि सेवाप्रदायक भएको भन्दै बसव्यवसायिले अनलाइनमा सिट छोडेमा यात्रुले टिकट काट्न पाउने बताए । पूर्वी नेपाल लगायतका केही जिल्लामा व्यवसायीहरूले सिट उपलब्ध नगराएका कारण यात्रुहरुलाई अनलाइन टिकट दिन मुस्किल भएको बससेवाले जनाएको छ ।



पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३