close

नेपालमा भारतीय टेलिभिजन च्यानलमाथि प्रतिबन्ध

टेकपाना टेकपाना

असार २५, २०७७ १९:४५

नेपालमा भारतीय टेलिभिजन च्यानलमाथि प्रतिबन्ध

काठमाडौं । नेपालमा भारतीय टेलिभिजन च्यानल माथि प्रतिबन्ध लागेको छ । टेलिभिजन वितरकहरुले नेपाल सम्बन्धी अफवाहपूर्ण विषयवस्तु सम्प्रेषण गरेपछि भारतीय समाचार च्यानलमाथि प्रतिबन्ध लगाएका हुन् ।

स्रोतका अनुसार दर्जनभन्दा बढी भारतीय च्यानलको प्रशारण नेपालमा अब बन्द भएको छ । डिशहोम, विभिन्न केवल सेवाप्रदायक र आईपीटीभी सेवा प्रदायकहरुबाट वितरित टेलिभिजन प्रशारणमा यस किसिमको रोक लागेको हो ।

देशको प्रधानमन्त्रीको चरित्रमाथि नै घृणा उत्पन्न हुने गरी गलत एवम् भ्रामक समाचार सम्प्रेषण गरेको पाइएपछि सेवाप्रदायकले स्वविवेकपूर्ण निर्णयका आधारमा प्रतिबन्धको निर्णय गरिएको मेगा म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए । यद्यपी सरकारले भने भारतीय टेलिभिजन च्यानल प्रतिबन्धको निर्णय गरिसकेको छैन ।

टेलिभिजनबाट प्रशारण हुने च्यानलमाथि प्रतिबन्ध लागेपनि फेसबुक, युट्युव लगायतका सामाजिक सञ्जाल तथा एपहरुबाट हुने त्यस्ता च्यानलको प्रसार माथि प्रतिबन्ध लगाउने कार्य भने चुनौतिपूर्ण देखिएको छ ।

हाल नेपालमा ३० लाख टेलिभिजनका ग्राहक छन् भने सामाजिक सञ्जाल प्रयोगकर्ता करोडमाथि रहेका छन् । टेलिभिजन सेवाप्रदायकहरुले सामाजिक सञ्जाल तथा एपमार्फत समेत त्यस्ता टेलिभिजन च्यानलमाथि प्रतिबन्ध लगाउन सरकारलाई सुझाव दिएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३