close

‘ह्वावेमाथिको प्रतिबन्धले बेलायतमा डिजिटल डिभाइड बढाउने’

टेकपाना टेकपाना

साउन २, २०७७ १४:३१

‘ह्वावेमाथिको प्रतिबन्धले बेलायतमा डिजिटल डिभाइड बढाउने’

एजेन्सी । बेलायत सरकारले मंगलबार चिनियाँ प्रविधि कम्पनी ह्वावेमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । सरकारले २०२० को अन्त्यपछि बेलायतका मोबाइल प्रदायकलाई नयाँ ह्वावेका फाइभजी उपकरण किन्न प्रतिबन्ध लगाइएको छ ।

हाल ह्वावेका उपकरण प्रयोगमा ल्याएका सेवा प्रदायकले सन् २०२७ सम्म पूर्ण रुपमा त्यस्ता उपकरण विस्थापित गर्नुपर्नेछ । अमेरिकामा प्रतिबन्धको ठूलो मार खेपिरहेको ह्वावेलाई बेलायतमा लगाइएको प्रतिबन्ध अर्को ठूलो चुनौती हो ।

यसैबिच ह्वावे बेलायतका प्रवक्ता एडवर्ड ब्रेउस्टरले सरकारको यो निर्णयले बेलायतमा डिजिटल डिभाइडलाई बढावा दिने बताएका छन् । ‘बेलायतमा मोबाइल फोन बोक्ने जो कोहीका लागि यो निराशाजनक समाचार हो,’ उनले भनेका छन्, ‘यसले ब्रिटेनको डिजिटल रुपमा लिइरहेको रफ्तारलाई रोक्ने छ ।’

त्यतिमात्र नभएर सरकारको यो निर्णयले उपभोक्ताले सेवाको लागि महंगो मूल्य तिर्नुपर्ने छ भने सबैभन्दा ठूलो डिजिटल ग्याप (विभेद) अझ ठूलो हुने कुरा उनले उल्लेख गरेका छन् । त्यसैले यो निर्णय सरकारकै लागि चुनौती पूर्ण हुने ह्वावेको दाबी छ ।

प्रवक्ता ब्रेउस्टरले भनेका छन्, ‘सरकारले यो निर्णमाथि पुनर्विचार गरोस् । हामी विश्वस्त छौं कि अमेरिकाको नयाँ प्रतिबन्धले बेलायतमा आपूर्ति गर्ने उत्पादनमा कुनै कमी हुने छैन । बेलायतमा हाम्रो भविष्य माथि राजनीतिकरण भएको छ । जुन दुःखको कुरा हो ।’

पछिल्ला २० बर्षमा ह्वावेले बेटर कन्नेक्टेड बेलायतको निर्माणमा ठूलो योगदान पुर्‍याएको छ । ‘एक जिम्मेवार व्यवसायको रूपमा हामी हाम्रा ग्राहकहरूलाई सँधै समर्थन गरिरहने छौं,’ उनले अगाडि भनेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४