close

नेपालमा विज्ञान र प्रविधिलाई मूलप्रवाहमा ल्याउन आवश्यक छः महाबिर पुन

टेकपाना टेकपाना

साउन २, २०७७ १५:६

नेपालमा विज्ञान र प्रविधिलाई मूलप्रवाहमा ल्याउन आवश्यक छः महाबिर पुन

काठमाडौं । राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष वैज्ञानिक डा. महाबि पुनले विज्ञान र प्रविधि क्षेत्रलाई नेपालको मूल प्रवाहमा ल्याउनुपर्नेमा जोड दिएका छन् । फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) ले बुधबार आयोजना गरेको कार्यक्रममा बोल्ने क्रममा पुनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

त्यसक्रममा उनले विज्ञान प्रविधिलाई मूल प्रवाहमा ल्याउन भौतिक पूर्वाधार विकास गर्नुपर्ने र त्यसमार्फत देशको आर्थिक विकास गर्ने लक्ष्य तय गर्नुपर्ने बताए । उनले अगाडि भने, ‘पूर्वाधारको विकाससँगसँगै आर्थिक विकासका कार्यक्रमहरु संञ्चालन गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि नेपालमा भएका प्रतिभालाई अनुसन्धानमा लगाउनुपर्छ ।’

कार्यक्रममा फेस्ट कम्पनीका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले अनुसन्धान, अविष्कार र नैतिकतालाई नेपाली मानव संसाधनको प्रमुख विशेषताका रुपमा विकास गर्नेु जोड दिए ।
जरोकिलोका डा. निर्मलमणि अधिकारीले विज्ञान र प्रविधिको विकास गर्न वैज्ञानिक बुद्धि विकास, वैज्ञानिक अभिमुखिकरण, स्वदेशमा भएका साधन स्रोतलाई भरपुर सदुपयोग र विज्ञान प्रविधिको क्षेत्रमा अविष्कारलाई स्थानीय रुपमा नै दिगो बनाउनु पर्ने बताए ।

फेस्टले लकडाउनको समयमा निःशूल्क नेपाली वर्णमाला गुगल प्ले स्टोरमा सार्वजनिक गरेको थियो भने हाल सयौँ जनालाई निःशूल्क रुपमा सी र सि प्लस प्लस प्रोग्रामिङ ल्याङवेज पढाइरहेको छ । यो कम्पनीले विभिन्न क्षेत्रसँग सम्बन्धित सफ्टवेयर डेभलपमेन्ट, वेबपेज डिजाइनिङ, डाटावेश डिजाइनिङ, विभिन्न किसिमका एप्लिकेसन बनाउने, आईटी सम्बधी परामर्श र इन्टर्नसिप तथा जागिरको व्यवस्था समेत गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४