close

ह्वावेमाथि प्रतिबन्ध लगाएको बेलायतले गुहार्‍यो जापान

टेकपाना टेकपाना

साउन ४, २०७७ १५:५२

ह्वावेमाथि प्रतिबन्ध लगाएको बेलायतले गुहार्‍यो जापान

एजेन्सी । बेलायतले अघिल्लो हप्ता चिनियाँ प्रविधि कम्पनी ह्वावेमाथि फाइभजी नेटवर्क उपकरण आपूर्तिमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । बोरिस जोन्सनको सरकारले यसै वर्षको अन्त्य अर्थात ३१ डिसेम्बरदेखि ह्वावेमाथि प्रतिबन्ध लगाउने निर्णय लिइसकेको छ ।

ह्वावेले आफ्नो सुरक्षा जोखिम बढाउने निश्कर्ष निकाल्दै बेलायत सरकाले यस्तो निर्णय लिएको थियो । सरकारले आगामी सात वर्षभित्र हाल प्रयोगमा आएका ह्वावेका उपकरण समेत प्रतिस्थापन गरिसक्नुपर्ने निर्देशन त्यहाँका दूरसञ्चार सेवा प्रदायकलाई दिइसकेको छ ।

फाइभजी प्रविधिमा अब्बल मानिएको चिनियाँ कम्पनी ह्वावेमाथि प्रतिबन्ध लगाएसँगै अब बेलायतमा फाइभजी विस्तारमा कसले बाजी मार्न सक्छन् भन्ने विषय चर्चामा छ । यसैबीच बेलायत सरकारले जापान लगायतका देशलाई ह्वावेको उपकरण प्रयोग नगरी फाइभजी उपकरण निर्माण गर्न आग्रह गरेको विभिन्न समाचारहरुमा उल्लेख छ ।

बेलायतका प्रविधि मन्त्री ओलिभर डाउडेनले सरकारले फाइभजी उपकरणमा ह्वावेको प्रतिस्पर्धी कम्पनीको रुपमा अर्को कम्पनी तयार पार्न प्रोत्साहन गरिरहेको बताएका छन् । त्यसका लागि जापान, स्वीडेन, दक्षिण कोरिया र फिनल्याण्डमा रहेका कम्पनीहरुलाई उपकरण निर्माण अघि बढाउन आग्रह गरिएको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४