close

भारतमा सस्तो मूल्यको सब्सक्रिप्सन प्लान परीक्षण गर्दै नेटफ्लिक्स

टेकपाना टेकपाना

साउन ६, २०७७ १६:५७

भारतमा सस्तो मूल्यको सब्सक्रिप्सन प्लान परीक्षण गर्दै नेटफ्लिक्स

एजेन्सी । एसियाको तेस्रो ठूलो अर्थतन्त्र भारतमा सब्सक्राइबर संख्या बढाउन नेटफ्लिक्सले आफ्नो सेवामा नयाँ मूल्य परीक्षण गर्दैछ । अमेरिकी कम्पनी नेटफ्लिक्सले भारतमा आफ्ना केही नयाँ सब्सक्राइबरहरुका लागि ‘मोबाइल प्लस’ योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत कम्पनीले भारतमा टीभी बाहेक मोबाइल, ट्याब्लेट र कम्प्युटरका लागि एचडी क्वालिटीको भिडियो स्ट्रिमिङ सेवा ३४९ भारतीय रुपैयाँमै प्रदान गर्नेछ । 

नेटफ्लिक्सले केही महिना अघि १९९ भारतीय रुपैयाँको शूल्कमा मोबाइल अन्ली प्लान ल्याएको थियो । उक्त सेवा अन्तर्गत प्रयोगकर्ताहरुले नेटफ्लिक्सको भिडियो स्ट्रिमिङ सेवालाई मोबाइल बाहेक कम्प्युर वा टीभीमा जस्तो हेर्न पाउँदैन थिए । 

साथै त्यसको भिडियो क्वालिटीलाई समेत १८० पिक्सेलमा झारिएको थियो । नेटफ्लिक्सका प्रवक्ताले समेत कम्पनीले भारतमा त्यस्तो नयाँ मूल्य तथा सेवा परिक्षण गर्न लागेको  पुष्टी गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४