close

अब गूगल म्यासेजमै ईमोजी मार्फत रिएक्ट गर्न सकिने, साथमा रिप्लाई सजेस्ट पनि

टेकपाना टेकपाना

साउन १०, २०७७ १४:५४

अब गूगल म्यासेजमै ईमोजी मार्फत रिएक्ट गर्न सकिने, साथमा रिप्लाई सजेस्ट पनि

एजेन्सी । गूगल म्यासेजमा आएको म्यासेजमा अब प्रयोगकर्ताले रिएक्ट मात्रै पनि गर्न सक्ने भएका छन् । कसैले म्यासेज पठाएको अवस्थामा उक्त म्यासेजमा क्लिक गरि म्यासेज अनुसारको रिएक्ट गर्न सकिने फिचर गूगलले ल्याएको हो ।

यो सुविधा यसअघि फेसबुक म्यासेञ्जर र इन्स्टाग्रामको डाइरेक्ट म्यासेज (डीएम) मा उपलब्ध रहेको थियो । अब भने यो फिचर गूगलले पनि प्रयोगमा ल्याएको हो ।

यससँगै गूगल म्यासेज प्रयोगकर्ताले साथीभाइले पठाएको म्यासेजमा क्लिक गरी रिएक्ट गर्न सक्नेछन् । यो सेवा गूगलले पहिलो पटक गएको मे महिनामा परीक्षण गरेको थियो ।

अब भने यो सेवा विश्वव्यापी रूपमा सबै प्रयोगकर्ताका लागि सार्वजनिक भएको छ । कम्पनीका अनुसार यो सेवा प्रयोगका लागि गूगल म्यासेजको नयाँ भर्सन अपग्रेड तथा डाउनलोड गर्नुपर्ने हुन्छ ।

साथै नयाँ भर्सनमा ‘स्मार्ट रिप्लाई’ को सुविधा पनि उपलब्ध भएको छ । यसको अर्थ कसैले म्यासेज पठाएको खण्डमा उक्त म्यासेजसँग मिल्ने गरी गूगलले म्यासेज सजेस्ट समेत गर्नेछ ।

यदि सजेस्ट भएको म्यासेज तपाईंको लागि सान्दर्भिक भएको खण्डमा त्यसमा क्लिक गरि सहजै रिप्लाईको रुपमा पठाउन सकिन्छ छ ।

गूगल म्यासेज एप डाउनलोड तथा अपग्रेड गर्न एण्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् । यहाँ क्लिक गरेर गूगल म्यासेजको सेवा वेबसाइटमा समेत प्रयोग गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०