close

प्रविधिमैत्री बन्दै नयाँ बसपार्क, हरेक बसमा जीपीएस जडान गरिँदै

टेकपाना टेकपाना

साउन १०, २०७७ ११:४७

प्रविधिमैत्री बन्दै नयाँ बसपार्क, हरेक बसमा जीपीएस जडान गरिँदै

काठमाडौं । काठमाडौं गोंगबूमा रहेको नयाँ बसपार्कले आफ्ना मातहतमा रहेका सबै बसमा जीपीएस सिस्टम जडान गर्ने भएको छ । लामो दूरीका यातायात सञ्चालन गर्दा कोरोना संक्रमण फैलने जोखिम रहेको भन्दै त्यसलाई नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्ने भएको हो ।

कोरोनाका कारण गत चैत १० गतेदेखि देशभर सार्वजनिक सवारी साधन बन्द छन् । छोटो दूरीका सवारी साधन यही साउन ८ देखि सञ्चालनमा आए पनि लामो दूरीका सवारी साधन भने भदौ १ गते देखिमात्रै सञ्चालनमा आउने निर्णय सरकारले गरेको छ ।

नयाँ बसपार्कभित्रका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोराना संक्रमण हुन नदिन नयाँ बसपार्कले बसहरुमा जीपीआरएस सिस्टम, अनलाइन टिकेटिङ लगायतको सेवा सुरु गर्ने तयारी गरेको ल्होत्से बहुद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवरले बताएका छन् ।

ल्होत्से बहुद्देश्यीय प्रालिले नयाँ बसपार्क व्यवस्थापनको काम गर्दै आएको छ । कोरोना संक्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर बसपार्कमा टिकट काट्न ‘टोकन सिस्टम’ को व्यवस्था मिलाउने तयारी भइरहेको कुँवरले जानकारी दिए ।

उनले भने, ‘चालकको लापरवाही तथा बाटोको दुरावस्थाका कारण हुनसक्ने सवारी दुर्घटना र बसको ‘लोकेसन’ थाहा पाउनका लागि समेत हरेक बसमा ‘जीपीएस सिस्टम’ जडान गर्न लागिएको छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०