close

टेलिकमको नयाँ वेबसाइटबाटै प्रयोग गर्न सकिन्छ, यी १८ सुविधा

टेकपाना टेकपाना

साउन १२, २०७७ ११:४४

टेलिकमको नयाँ वेबसाइटबाटै प्रयोग गर्न सकिन्छ, यी १८ सुविधा

काठमाडौं । नेपाल टेलिकमको आफ्नो वार्षिकोत्सवको अवसर पारेर गत माघमा नयाँ वेवसाइट सार्वजनिक गरेको थियो । पुरानो वेबसाइटलाई परिमार्जित गर्दै थप ग्राहकमैत्री तथा जानकारीमूलक बनाइएको नयाँ वेबसाइटमा कम्पनीले समय समयमा नयाँ नयाँ फिचरहरु थप गर्दै आएको छ ।

यसै सन्दर्भमा हामी आज तपाईंलाई नेपाल टेलिकमको वेबसाइटमा भएका विभिन्न सेवाको बारेमा जानकारी गराउँदै छौं ।

  • जब तपाईं नेपाल टेलिकमको वेबसाइट खोल्नु हुन्छ, होम पेजमा ‘सेल्फ केयर अकाउन्ट’ राखिएको देख्नुहुनेछ छ । जसको प्रयोग गरी विभिन्न सेवाका बारेमा जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।
  • सेल्फ केयर अकाउण्टमार्फत टेलिकमका विभिन्न सेवाको रिचार्ज गर्न, व्यालेन्स ट्रान्सफर गर्न र प्याकेज खरीद गर्न सकिन्छ ।
  • यसैबाट आफन्त वा साथीभाईलाई प्याकेज गिफ्ट पठाउन पनि मिल्छ ।
  • त्यसैगरी आफूले खरिद गरेको प्याकेजको भोल्युमका साथै मोबाइलमा उपलब्ध व्यालेन्सको जानकारी समेत यसैमा देखिन्छ ।
  • रिचार्ज कार्डमा भएको पिन नम्बर राखेर तथा भिसा वा मास्टर कार्ड प्रयोग गरेर वेबसाइटबाटै कम्पनीका विभिन्न सेवामा अनलाइन रिचार्ज गर्न सकिने सुविधा पनि छ।
  • नयाँ सिमकार्ड लिनका लागि आवश्यक केवाईसी फर्म वेबसाइटबाटै भर्न सकिन्छ ।
  • कम्पनीबाट उपलब्ध रोमिङ सेवा, फ्रेन्ड एण्ड फ्याम्ली सेवा, नमस्ते क्रेडिट सेवा, मिसकल अलर्ट सेवा, डेटा रोमिङ र इन्टरनेसनल रोमिङ सेवाको जानकारी पाइन्छ । साथै भ्याल्यू एडेड सर्भिस, फोरजी एलटीई सेवा, फाइबर टू द होम सेवा, एडीएसएल सेवा, कर्पोरेट युजर ग्रुप जस्ता सेवाहरुको बारेको जानकारी पनि वेबसाइटमै छ ।
  • कम्पनीले उपलब्ध गराइएका पोष्टपेड तथा प्रिपेड मोबाइल, ल्याण्डलाइन तथा अन्य विभिन्न सेवाहरुको बारेमा समेत जानकारी लिन सकिने सुविधा यसैमा छ ।
  • रिचार्ज कार्डमा ६ वटासम्म अंकहरु मेटिएको अवस्थामा समेत वेबसाइटबाटै रिचार्ज गर्न सकिने सुविधा छ।
  • कम्पनीका विविध गतिविधिहरुको जानकारीका लागि अन्यत्र जानै पर्दैन, प्रेस विज्ञप्ति र न्युजलेटर वेबसाइटमै फेला पार्न सकिन्छ ।
  • साथै कम्पनीले मासिक रुपमा प्रकाशन गर्ने एनटी न्युजलेटर वेबसाइटबाटै सब्स्क्राइब गर्न सकिन्छ ।
  • टेलिकमले वितरण गरेका स्थानीय टेलिफोन नम्बरहरुको बारेमा जानकारी लिन तथा आफूले चाहेका व्यक्तिगत वा संस्थागत ग्राहकको नम्बरका लागि १९७ मा फोन गर्नै पर्दैन । सजिलै वेबसाइटमा गएर आफै खोज्न सकिन्छ ।
  • आफूलाई आवश्यक पर्ने नेपाल टेलिकमका कुनैपनि सेवाको बारेमा सर्च गर्न सकिने सुविधा पनि वेबसाइटको होमपेजमै छ ।
  • होमपेज मेनुको अन्त्यमा रहेको आइकनमार्फत सेवाहरुका बारेमा जानकारी लिन सकिने बनाइएको छ ।
  • विभिन्न डेटा प्याकेजको जानकारीदेखि आफूलाई आवश्यक डेटा प्याकेज रोजेर खरिद गर्न सकिने सुविधा पनि वेबसाइटमा छ । त्यसमा हाल लोकप्रिय रहेका डेटा प्याकेजहरुलाई क्रमशः रुपमा राखिएको छ । जसले गर्दा छनौटमा पनि सहजता मिल्नेछ ।
  • यसका साथै नेपाल टेलिकम मोबाइल एप बारेको जानकारी पनि कम्पनीको वेबसाइटमा उपलब्ध छ । मोबाइल एपको प्रयोग गरेर सहज रुपमा विभिन्न सुविधा लिन र प्रयोग गर्न सकिन्छ ।
  • साथै डाउनलोड सेक्सनबाट कम्पनीको प्रबन्धपत्रदेखि विभिन्न सेवाका फारामहरु, बोलपत्र आव्हान आदि प्राप्त गर्न सकिन्छ ।
  • कम्पनीको मोबाइल सेवा, ल्याण्डलाइन टेलिफोन सेवा, एफटीटीएच तथा एडीएसएल सेवाको बारेमा विविध जानकारी प्राप्त गर्न र सोधपुछ गर्न तथा गुनासाहरु दर्ता गराउनका लागि आवश्यक सर्टकोड पनि वेबसाइटमै देख्न सकिन्छ ।

यो जानकारी नेपाल टेलिकमले उपलब्ध गराएको प्रेस ब्रिफिङको आधारमा तयार पारिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०