close

चालकले मोबाइल प्रयोग गरेको डिटेक्ट गर्न अस्ट्रेलियामा आर्टिफिसिय इन्टेलिजेन्स क्यामेरा परीक्षण गरिंदै

टेकपाना टेकपाना

साउन १२, २०७७ १५:८

चालकले मोबाइल प्रयोग गरेको डिटेक्ट गर्न अस्ट्रेलियामा आर्टिफिसिय इन्टेलिजेन्स क्यामेरा परीक्षण गरिंदै

काठमाडौं । अष्ट्रेलियाका दुई राज्यहरु भिक्टोरिया र क्विन्सल्याण्डमा सवारीचालकले मोबाइल प्रयोग गरे नगरेको पहिचान गर्न सक्ने क्यामेराको परीक्षण गर्ने घोषणा गरेको छ । सडकमा यात्राका दौरान सवारी चालकलाई मोबाइल फोन चलाउन प्रतिबन्ध लगाइएको त्यस क्षेत्रमा सरकारले फोन डिटेक्सन क्यामेराको परीक्षण गरिने भएको हो ।  

भिक्टोरियामा यसै बुधबारदेखि तीन महिना लामो यो परीक्षण सुरु हुनेछ । यसअन्तर्गत विभिन्न नगर तथा क्षेत्रीय लोकेसनहरुमा हाई रेजोलुसन क्यामेराहरु राखिने छन् । मोबाइल चलाउँदै  सवारी हाँक्न अष्ट्रेलियामा प्रतिबन्ध लगाइएको छ । साथै सवारी साधन चलाउँदा सिटबेल्ट लगाउन समेत अनिवार्य छ । सो प्रविधिले यस्ता कुराहरुको निगरानी गर्ने बताइएको छ । 

यो परीक्षणबाट फोन डिटेक्टिङ क्यामेराहरुलाई सडकको सुरक्षाका लागि राखिएका क्यामेरा सिस्टमसँग कसरी मिलाउन सकिन्छ भन्ने विषयमा राज्य सरकारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  यस्तै क्विन्सल्याण्डको सरकारले भने सोही प्रविधिलाई आफ्नो राज्यभित्रका नगर तथा क्षेत्रीय लोकेसनहरुमा ६ महिनासम्म परीक्षण गर्ने बताएको छ ।

क्विन्सल्याण्ड सरकारका अनुसार ती क्यामेराहरुले २४ सै घण्टा बहु ट्राफिक लेनमा समेत आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरेर सवारीसाधनहरु माथि निरीक्षण गर्नेछ । सडकमा गुडिरहेका गाडीहरुमाथि निरीक्षण गर्न ओभरपास तथा पुलहरुमा यस्ता क्यामेराहरु इन्स्टल गर्ने गरिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०