close

क्रोम ब्राउजरको डेस्कटप भर्सनमा ‘रिड लेटर’ फिचर आउँदै

टेकपाना टेकपाना

साउन १२, २०७७ २०:३

क्रोम ब्राउजरको डेस्कटप भर्सनमा ‘रिड लेटर’ फिचर आउँदै

चर्चित वेब ब्राउजर क्रोम ले डेस्कटप प्रयोगकर्तालाई लक्षित गर्दै कुनै पनि कन्टेन्ट सेभ गरेर आफ्नो अनुकुलतामा पछि पढ्न सक्ने (रिड लेटर) फिचर ल्याउने तयारी गरिरहेको छ । क्रोम ले कुनै पनि ट्याब सेभ गरेर पछि पढ्न मिल्ने गरी डेस्कटपमा नयाँ मेनू थप गर्न लागेको हो ।

बग ट्रयाकर ‘क्रोमियम गेरीट’ ले सार्वजनिक गरेको एक सूचना अनुसार क्रोम अपरेटिङ सिस्टम सहित म्याक ओएस, विन्डोज र लिनक्स अपरेटिङ सिस्टममा समेत यो सुविधा प्रयोग गर्न सकिनेछ । तीन वर्ष अघि आईओएस प्रयोगकर्ताका लागि सार्वजनिक गरिएको यो सुविधा निकै प्रारम्भिक चरणमा रहेको पनि गेरीटले जनाएको छ ।

परीक्षण मै रहेको यो सुविधामा युजर इन्टरफेसमा भने कुनै परिवर्तन नहुने जनाइएको छ । एन्ड्रोइडमा यस प्रकारको फिचर कहिले प्रयोग गर्न पाइन्छ भनेर तपाईं सोच्दै हुनुहन्छ भने तपाईंको लागि खुशीको खबर छ । तपाईंले यो डाउनलोड फिचरलाई फंसनालिटी रिक्रियट गर्न समेत प्रयोग गर्न सक्नुहुन्छ ।

क्रोमको दायाँ माथिल्लो भागमा रहेको थ्री डट मेनुलाई क्लिक गरी त्यसमा रहेको डाउनलोड आइकनलाई थिँच्नुहोस् । सेभ गरिएका पेजहरु हेर्न आफ्नो डाउनलोड सेक्सनमा गएर सेभ गरिएका वेबसाइट हेर्नुहोस् ।

सैदान्तिक रुपमा डेस्कटपमा पेज सेभ गर्न तपाईं डाउनलोड रुट पनि जान सक्नुहुन्छ तर यसले वेबसाइटलाई एचटीएमएल फाइलको रुपमा डाउनलोड गर्दछ । त्यसैले यो एन्ड्रोइडका लागि खासै उपयुक्त समाधान भने होइन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०