close

मोबाइल खरिदमा निशुल्क बीमा, साथमा रिचार्ज कार्डसँगै अन्य उपहार पनि

टेकपाना टेकपाना

असोज १३, २०७६ १३:१२

मोबाइल खरिदमा निशुल्क बीमा, साथमा रिचार्ज कार्डसँगै अन्य उपहार पनि

पाको न्यूरोड स्थित मास मोबाइल जोनले आफ्ना ग्राहकहरुलाई हात खाली नजाने उपहार योजना सार्वजनिक गरेको छ । ब्राण्डेड मोबाइल फोनहरुको कारोबार गर्दै आएको मोबाइल जोनले आफ्नो शोरुम उद्घाटनको अवसरमा प्रत्येक मोबाइल फोनको खरिदमा निशुल्क बीमा सुविधा दिने भएको हो ।

मास मोबाइल जोनको इन्स्योरेन्स पार्टनर मेरो सुरक्षाको सहयोगमा कम्पनीले हरेक मोबाइलको बिक्रीमा फोनमा ५ प्रतिशतको इन्स्योरेन्स बीमा गरिदिनेछ । यो सुविधा नेपालभरीका मास मोबाइल जोनमा मात्र उपलब्ध हुनेछ । बीमा अफर अन्तरगत खरिद गरेका कुनैपनि ब्राण्डका मोबाइल फोनहरुको डिस्प्ले फुटेमा, हराएमा वा चोरी भएमा ग्राहकले शतप्रतिशत बिमा सुविधा पाउनेछन् ।

साथै कम्पनीले प्रत्येक खरिदकर्ताहरुलाई एक सय रुपैयाँ मूल्य बराबरको रिचार्ज कार्ड समेत उपलब्ध गराउनेछ । यसैगरी कम्पनीले आफ्ना हरेक ग्राहकहरुलाई दशैंको अवधिभर प्रत्येक फोन खरिदमा आधा लिटरको कोकाकोला र पपकर्न निशुल्क दिनेछ । यतिमात्र नभएर जोनले हरेक ग्राहकहरुलाई प्रत्येक स्मार्टफोनको खरिदमा टेम्पर ग्लास र ब्राण्डेड ईयरफोन समेत सित्तैमा दिने जनाएको छ ।

ओपो, भीभो, अनर र शाओमी ब्राण्डका स्मार्टफोनहरुमा विशेष छुट उपलब्ध गराइएको छ । कम्पनीका निर्देशक मनोज मानन्धरले यसपालिको दशैंमा मास मोबाइल जोनको रिटेल स्कीम कस्टमरको लागि सबैभन्दा राम्रो सस्तो र भरपर्दो रहेको बताए ।

‘बजारमा अवैध र ग्रेका मोबाइल फोनहरु ग्राहकहरुलाई झुक्याएर बेच्ने गरिएको गुनासो रहँदै आएको छ, तर हामी भ्याट बिल काटेर नै ग्यारेन्टीका साथ ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराउनेछौं,’ उनले भने । जोनबाट खरिद भएका मोबाइल फोनहरुमा कुनै समस्या आएमा त्यसका लागि सर्भिस सेन्टर समेत राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३