close

ह्वावे बन्यो सबैभन्दा बढी मोबाइल बिक्री गर्ने कम्पनी

टेकपाना टेकपाना

साउन १५, २०७७ १८:१६

ह्वावे बन्यो सबैभन्दा बढी मोबाइल बिक्री गर्ने कम्पनी

एजेन्सी । अमेरिकाको प्रतिबन्ध बावजुद ह्वावे विश्वभर सबैभन्दा बढी स्मार्टफोन बिक्री गर्ने कम्पनी बनेको छ । मोबाइल बजारको शीर्ष स्थानमा उक्लिन चिनियाँ कम्पनीले कोरियन निर्माता सामसङलाई पछि पारेको हो ।

बजार अनुसन्धानकर्ता कम्पनी क्यानालाइसको अनुसार २०२० को दोस्रो चौमासिकमा पहिलोपटक ह्वावे विश्वभर सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनी बनेको हो । ह्वावेले गरेको स्मार्टफोन निर्यातको तथ्यांक अनुसार स्थान मापन गएिको हो ।

ह्वावेले पहिलो चौमासिकमा करिब पाँच करोड ५८ लाख स्मार्टफोनहरु निर्यात गरेको छ । यस्तै, दोस्रो चौमासिकमा उसले पाँच करोड ३७ लाख स्मार्टफोनहरु निर्यात गरेको छ ।

घरेलु बजार चीनमा बलियो पकड भएको कारण ह्वावे यसरी अमेरिकाको प्रतिबन्ध बावजूद पनि खडा रहन सफल भएको अनुमान गरिएको छ । ह्वावेको स्मार्टफोनको खपत यो अवधिमा आठ प्रतिशतले बढे पनि विदेश निर्यात भने २७ प्रतिशतले खस्केको छ ।

क्यानालाइसको अनुसार ह्वावेको ७० प्रतिशत बजार घरेलु बजारले नै ओगट्ने गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०