close

फोरजी सेवा विस्तारमा किन भयो ढिलाइ ? कारण पेस गर्न समितिको टेलिकमलाई निर्देशन

टेकपाना टेकपाना

साउन १६, २०७७ १५:४३

फोरजी सेवा विस्तारमा किन भयो ढिलाइ ? कारण पेस गर्न समितिको टेलिकमलाई निर्देशन

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा विस्तारमा भएको ढिलाइ सम्बन्धमा संसदको विकास तथा प्रविधि समितिले कारण माग गरेको छ । शुक्रबार बसेको समितिको बैठकले फोरजी सेवा विस्तार तोकिएको समय अवधि भित्र नसक्नुका कारण सात दिनभित्र पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यस्तै टेलिकमको सेवा गुणस्तर र प्रभावकारिताको विषयमा आागमी कार्ययोनजा समते माग गरिएको छ । उक्त कार्ययोजना ३० दिन भित्र समितिमा पेस गर्न मन्त्रालयलाई निर्देशन दिएको छ । बैंठकमा सहभागी विभिन्न सांसदहरुले टेलिकमको सेवाको गुणस्तारका विषयमा प्रश्न उठाएका थिए । त्यसैका आधारमा समितिले मन्त्रालयलाई निर्देशन दिएको हो ।

त्यतिमात्रै नभएर मन्त्रालय र प्राधिकरणलाई गत आवमा कति सिमकार्ड वितरण भयो, संस्थाहरुको आर्थिक अवस्था कस्तो छ भन्ने सम्पूर्ण जानकारी समेत प्रस्तुत गर्ने समितिले निर्देशन दिएको छ । यसकालागि पनि समिमितले सात दिनको अवधि दिएको छ ।

त्यस्तै नेपाल टेलिकममा साझेदार कम्पनी भित्र्याउने विषयमा के कस्तो र कसरी साझेदारी गर्ने त्यसकाे स्पस्ट निति व्यवस्था गरि समितिमा जानकारी गराउन समेत मन्त्रालयलाई निर्देशन दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०