close

अनाथालयका देशैभरका शाखामा वर्ल्डलिङ्कको निशुल्क इन्टरनेटसँगै १० लाख सहयोग

टेकपाना टेकपाना

असोज १३, २०७६ १९:३

अनाथालयका देशैभरका शाखामा वर्ल्डलिङ्कको निशुल्क इन्टरनेटसँगै १० लाख सहयोग

इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्यूनिकेसन्सले मानव सेवा आश्रमलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले स्थापनाको २५ औँ वर्ष प्रवेशको अवसरमा आश्रमलाई सहयोग गरेको हो ।

२०५२ सालबाट सञ्चालनमा आएको वर्ल्डलिंकले विगत २४ वर्षदेखी नेपालका सहरी तथा ग्रामीण भेगमा इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले पछिल्लो समय आफ्ना ग्राहकलाई उच्च गतिको सहज र गुणस्तरीय इन्टरनेट सेवामा समेत जोड दिँदै आएको छ ।


इन्टरनेट सेवासँगै कम्पनीले विभिन्न सामजिक क्षेत्रमा समेत योगदान गर्दै आएको छ । यसै क्रममा कम्पनिले आफ्नोे सामाजिक उत्तरदायित्व अन्तरगत मानव सेवा आश्रमलाई सहयोग गरेको हो ।

मानव सेवा आश्रमलाई सहयोग रकम हस्तान्तरण गर्दै वर्ल्डलिंकका कार्यकारी निर्देशक विजय जालान

मानव सेवा आश्रम भक्तपूर शाखाको गृह प्रवेश र उद्धाघाटन समहारोहको अवसरमा कम्पनीले सहयोग रकम संस्थालाई हस्तान्तरण गरेको छ । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओलीले वर्ल्डलिंकका कार्यकारी निर्देशक विजय जालानलाई सम्मान पत्र समेत हस्तान्तरण गरेका छन् ।

त्यसअवसरमा कार्यकारी निर्देशक जालानले असहाय, बेसाहारा र अलपत्र अवस्थामा रहेका व्यक्तिहरुलाई उद्धार गरि निस्वार्थ भावनाले सेवा गर्दै आएको मानव सेवा आश्रमलाई कम्पनीले १० लाख रुपैंया सहयोग उपलब्ध गराउनुका साथै आश्रमका नेपालभर रहेका १६ ओटै शाखाहरुमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेको बताए । ‘आश्रमले निस्वार्थ सेवाबाट सडकमा रात बिताउन बाध्य असहायहरुलाई बस्नका लागि छानो दिएको छ,’ उनले भने, ‘यस किसिमको सामाजिक संस्थालाई सहयोग गर्न पाउँनु हाम्रो कम्पनीका लागि समेत सौभाग्यको विषय हो ।’

नेपालमा यस्ता असहाय र कमजोर व्यक्तिहरु धेरै संख्यामा रहेको भन्दै जालानले सबै व्यक्ति संघसंस्थाले सहयोगको हात बढाएको अवस्थामा यस किसिमको समस्याको समाधान हुन सक्ने बताए । ‘हामीले पनि यही भावनाका साथ आश्रमलाई सहयोग गरेका हौँ,’ उनले भने, ‘कम्पनीले आगामी दिनमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने नै छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३