close

स्मार्टको डबल डेटा अफर, ५ को ठाउँमा अब १० जीबी

टेकपाना टेकपाना

साउन २०, २०७७ १०:३३

स्मार्टको डबल डेटा अफर, ५ को ठाउँमा अब १० जीबी

काठमाडौं । निजी मोबाइल सेवा प्रदाय कम्पनी स्मार्ट टेलिकमले डबल डेटा अफर सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत अब कम्पनीका ग्राहकले पाँच जीबी डेटा खरिदमा त्यति नै मात्रामा थप डेटा निःशूल्क प्राप्त गर्न सक्नेछन् ।

यस अघि कम्पनीले कर बाहेक ३१९ रुपैयाँमा पाँच जीबी डेटा उपलब्ध गराउँदै आएको थियो । अब भने स्मार्टका प्रयोगकर्ताले सोही मूल्यमा दश जीबी डेटा पाउनेछन् ।

कम्पनीका ग्राहकले *१४१*३*१*५# डायल गरी यो डेटा प्याक एक्टिभ गराउन सक्नेछन् । डबल डेटा अफर स्वरुप प्राप्त हुने १० जीबी डेटा ३० दिनसम्म प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सय एमबी, ५०० एमबी, एक जीबी र दुई जीबी डेटा खरिदमा समेत दोब्बर डेटा उपलब्ध गराइनेछ । त्यस बाहेक स्मार्टले ३० दिनका लागि मान्य हुने २० जीबी डेटा प्याक ५०९.४८ रुपैयाँमै दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३