close

एनसेलको वायर फ्री वाईफाई सुरु, यसरी लिनुहोस् टक टाइम र डेटा बण्डल सहितको सेवा

टेकपाना टेकपाना

साउन २१, २०७७ २१:५१

एनसेलको वायर फ्री वाईफाई सुरु, यसरी लिनुहोस् टक टाइम र डेटा बण्डल सहितको सेवा

काठमाडौ । अब नेपालका उपभोक्ताले गुणस्तरीय वायर फ्री इन्टरनेट र वाईफाई कनेक्टिभिटीको फाइदा लिन सक्ने भएका छन् । एनसेल आजीयाटा लिमिटेडले नेपालमै पहिलो पटक वायरफ्री प्लस वाईफाई सेवा सुरु गरेको हो ।

एनसेल प्रालिबाट एनसेल आजीयाटा लिमिटेड बनेको कम्पनीले नेपाली उपभोक्तामाझ पहिलो उपहारको रुपमा यो सेवा सुरु गरिएको जनाएको छ । अम्ब्रेला थिम ‘प्लस’ अन्तर्गत मंगलवारदेखि सुरु भएको वायर फ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुवै प्रयोजनका लागि लक्षित वाईफाई सेवा हो ।

यो प्रविधि अन्तर्गत उपभोक्ताले तार बिना नै डेटा सेवा लिन सक्नेछन् । कम्पनीको योजना अनुसारको आकर्षक बण्डलिङ सेवा अन्तर्गत ग्राहकले दुई वटा फोरजी सिमकार्ड पाउने छन् ।

प्लानका आधारमा दुवै सिममा पाँच जीबीदेखि दश जीबी डेटा, कम्पनीकै नेटवर्कभित्र कुरा गर्न सकिने गरी हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स, हङ्गामा म्युजिक, दामी म्युजिक, प्रभु टीभी लगायतका डिजिटल कन्टेन्टहरु उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

साथै वायर फ्री प्लस वाईफाई सेवाका लागि हप्ताको सातै दिन, २४ सै घण्टा ग्राहक सेवा उपलब्ध हुने बताइएको छ । गत महिनादेखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्री बूकिङ लिन सुरु गरेको थियो ।

एनसेलका चिफ कर्मसियल अफिसर प्रदीप श्रीवास्तवले वायरलेस प्रविधिमार्फत डेटा सेवामा पहुँच दिन वायर फ्री वाईफाई एक नयाँ सुरुवात भएको बताए । ‘प्री–बूकिङमा ग्राहकहरुबाट प्राप्त अर्डरले हामी उत्साहित भएका छौं ।

यसले वायरलेस डेटा कनेक्टिभिटीको महत्वलाई दर्र्शाएको छ र हामीलाई विश्वास छ यो सेवाले उपभोक्तालाई इन्टरनेटमा पहँुच प्रदान गर्दै उनीहरुलाई कनेक्टिभिटीले ल्याउने अवसरहरुसँग जोड्न र डिजिटल बन्न योगदान दिनेछ ।’

मासिक ६९० रुपैयाँमा कम्पनीको वार्षिक प्लानमा सहभागी हुन सकिनेछ । जसअन्तर्गत इच्छुक ग्राहकले आफ्नो आवश्यकता अनुसार गोल्ड, प्लाटिनम र डायमण्ड गरी तीन वटा समूह मध्ये कुनै पनि समुह अन्तर्गतको प्लान रोज्न सक्नेछन् ।

गोल्ड समूहअन्तर्गत ग्राहकले वार्षिक प्लानमा कर बाहेक मासिक ६९० रुपैयाँमा ६० जीबी वायर फ्री प्लस डेटा, २०० मिनेट अन नेट टक टाइम र दुई वटा फोरजी सिम कार्डमा मासिक पाँच जीबी डेटा प्राप्त गर्नेछन् ।

त्यस्तै प्लाटिनम समूहअन्तर्गत ग्राहकले करबाहेक मासिक ८६० रुपैयाँमा ८५ जीबी वायरफ्री प्लस डेटा, ५०० मिनेट अन नेट टक टाइम र २ वटा फोरजी सिम कार्डमा मासिक १० जीबी डेटा प्राप्त गर्नेछन् ।

यसैगरी डायमण्ड समूहअन्तर्गत ग्राहकले करबाहेक मासिक ९५० रुपैयाँमा १०० जीबी वायरफ्री प्लस डेटा, १००० मिनेट अन नेट टक टाइम र २ वटै फोरजी सिम कार्डमा मासिक १० जीबी डेटा प्राप्त गर्नेछन् ।

इच्छुक ग्राहकले आफ्नो नजिकैको एनसेल सेन्टरमा सम्पर्क गरी कम्पनीको यो सेवा लिन सक्ने जनाइएको छ । ग्राहकले एनसेल आजीयाटा कम्पनीको वेबसाइटमा रहेको प्रभु पे, खल्ती र प्रभु कियोस्क तथा नजिकैको प्रभु रेमिटको काउन्टरबाट समेत बूकिङ गर्न सक्नेछन् ।

प्याकेजको समयसीमाअनुसार ग्राहकले पहिलो पटक क्रमशः ५००, २,५०० वा ३,५०० तिर्नु पर्नेछ ।४२० दिनको समयसीमा रहेको प्याकेजको हकमा ग्राहकले यो शूल्क छूट पाउनेछन् ।

ग्राहक लिने प्याकेज अनुसार यी प्याकेजअन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुनेछन् । ३० दिनको समयावधिभित्र प्रयोग गरी नसकेको वा बाँकी सेवाहरु अर्को नयाँ ३० दिनमा थप नहुने एनसेल आजीयाटाले जनाएको छ ।

सुरुको चरणमा सुदूरपश्चिमको कञ्चनपुर, बैतडी, डडेल्धुरादेखि पूर्वको मोरङ, सुनसरी र धनकुटासम्मका विभिन्न ४० भन्दा बढी जिल्लामा यो सेवा उपलब्ध छ । कम्पनीले प्राप्त बूकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरिसकेको छ ।

नयाँ थिम ‘प्लस’ अन्तर्गत नै एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युव प्लस’ अफर, इण्डलेस कुराकानी प्लस, सजिलो सिम प्लस सेवा ल्याइसकेको छ । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरपल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीको विश्वास छ ।

एनसेल आजीयाटाका ग्राहकले कल सेन्टर नम्बर ९००८ मा डायल गरी यो सेवाको बारेमा थप जानकारीको लागि जानकारी लिन सक्नेछन् । अन्य इच्छुक ग्राहकले ९८०९००८००० मा डायल गरी बुझ्न सक्ने बताइएको छ ।

साथै यहाँ क्लिक गरेर समेत कम्पनीको वायर फ्री प्लस वाईफाई सेवाको बारेमा विस्तृत जानकारी लिन तथा सेवाको बूकिङ गराउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३