close

प्रधानमन्त्रीले सातै मुख्यमन्त्रीलाई भिडियो कल गरेर फोरजी उद्घाटन गर्दै, कस्तो आउला भिडियो ?

टेकपाना टेकपाना

असोज १५, २०७६ ११:२७

प्रधानमन्त्रीले सातै मुख्यमन्त्रीलाई भिडियो कल गरेर फोरजी उद्घाटन गर्दै, कस्तो आउला भिडियो ?

नेपाल टेलिकमले आज साँझदेखि देशभरका मूख्य सहरहरुमा एक साथ फोरजी सेवा सुरु गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिकमको फोरजीबाटै सातै प्रदेशका मूख्यमन्त्रीलाई भिडियो कल गरेर सेवाको उद्घाटन गर्नेछन् ।

सातओटै प्रदेशका मूख्यमन्त्रीहरुले समेत टेलिकमको फोरजी नेटवर्कबाटै प्रधानमन्त्रीसँग जोडिनेछन् । निजी मोबाइल सेवा प्रदायक एनसेल र स्मार्ट टेलिकमले समेत फोरजी सेवा दिइरहेको भएपनि टेलिकमको अबको फोरजी नेपालकै तीब्र गतिको हुनेछ । जसले गर्दा उच्च गुणस्तरको भिडियो कुराकानी समेत गर्न सकिनेछ ।

टेलिकमका अनुसार देशभरका ३२ जिल्लाका प्रमुख शहरमा फोरजी सञ्चालनका लागि आवश्यक सम्पुर्ण तयारी पुरा भइसकेको जनाएको छ ।

हाल सञ्चालनमा ल्याइएको नयाँ फोरजी–एलटीई सेवा विद्यमान मोबाइल सेवाको स्तरोन्नति मात्र नभएर उच्च क्षमताको र सबै वस्तीहरुमा सेवा पुर्‍याउने गरी संरचना तयार गरिएकाले दीर्घकालिन रुपमा नै कम्पनीको सेवा विस्तारका लागि समेत महत्वपूर्ण हुनेछ ।

नेपाल टेलिकमले १७ पुस २०७३ मा नेपालमै पहिलो पटक काठमाडौं र पोखराबाट फोरजी/एलटीई सेवाको शुरुवात गरेको थियो । यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २० माघ २०७५ मा कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईसँग कम्पनीले सम्झौता गरेको थियो । कम्पनीले आगामी माघसम्ममा देशभर फोरजी नेटवर्क विस्तार गर्ने लक्ष्यका साथ तीब्रताका साथ काम काम भइरहेको जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३