close

ल्यापटप बजारबाट बाहिरियो टोशिबा

टेकपाना टेकपाना

साउन २४, २०७७ १८:८

ल्यापटप बजारबाट बाहिरियो टोशिबा

काठमाडौं । जापानी कम्पनी टोशिबा ल्यापटप बजारबाट विदा भएको छ । टोशिबाले अब बजारमा आफ्नो कुनै नयाँ ल्यापटप वा नोटबुक सार्वजनिक गर्ने छैन ।

तर यसको मतलव कम्पनीका ल्यापटप तपाईंले बजारबाट खरिद गर्न नपाउने भने होइन । टोशिबाले आफ्नो ल्यापटप कारोबार शार्प कम्पनीलाई जिम्मा लगाएको हो ।

यहाँनिर ख्याल गर्नुपर्ने विषय के छ भने सन् २०१८ मा टोशिबाले आफ्नो ८०.१० प्रतिशत शेयर शार्पलाई बिक्री गरेको थियो । यसै डीलपछि टोशिबा क्लाइन्ट सोलुन अहिले डाइनाबूक नामबाट चिनिन थालेको छ ।

सन् १९८५ मा ल्यापटप बजारमा टोशिबाको प्रवेश भएको थियो । आईबीएमको थिंकप्याड सीरिजलाई टक्कर दिन उसले स्याटेलाइट रेञ्ज ल्याएको थियो ।

सन् २०१५ मा ल्यापटप उत्पादनका लागि आउटसोर्स थालेको कम्पनीलाई लेनोभो, एचपी र डेलको इन्ट्रीले बजारबाट बाहिरिन बाध्य पारिदिएको थियो । जबकि कुनै समय यस्तो थियो, ल्यापटप तथा नोटबूक बजारमा टोशिबाको छुट्टै राज हुने गर्थ्यो ।

टोशिबाले हालै नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेन्टर स्थापना गर्न तथा अनुसन्धान र विकासको पुनःनिर्माण गर्न ३२१ मिलियन डलर (करिब ३८ अर्ब ५२ करोड रुपैयाँ) लगानी गर्ने घोषणा गरेको थियो ।

जसअनुसार टोकियोमा रहेका कम्पनीका अनुसन्धान र विकास केन्द्रहरु सन् २०२३ देखि सञ्चालनमा आउनेछन् । ती आर एण्ड डी सेन्टरहरुमा करिब तीन हजार कर्मचारीहरुले काम गर्ने बताइएको छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३