close

त्रिभुवन विश्वविद्यालयले भर्चुअल मिटिङ मात्र गर्ने, हाजिरीका लागि फेस रिडिङ डिभाइस

टेकपाना टेकपाना

साउन २५, २०७७ २२:१२

त्रिभुवन विश्वविद्यालयले भर्चुअल मिटिङ मात्र गर्ने, हाजिरीका लागि फेस रिडिङ डिभाइस

काठमाडौं । मुलुककै जेठो विश्वविद्यालयको रुपमा रहेको त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय र अन्य क्याम्पस कार्यालयहरु आंशिक रुपमा मात्रै सञ्चालन गर्ने भएको छ । यससँगै विश्वविद्यालयका अत्यावश्यक बाहेकका सबै सेवा बन्द भएका छन् ।

कोभिड १९ को संक्रमण बढ्दै गएपछि विश्वविद्यालयले यस्तो निर्णय लिएको हो । विश्वविद्यालयले आइतबार जारी गरेको सूचनाअनुसार कार्यालय आंशिक रुपमा सञ्चालन गर्न अत्यावश्यक काम र कर्मचारीको व्यवस्थापन गर्न सम्बन्धित निकाय, कार्यालय तथा महाशाखा प्रमुखलाई जिम्मेवारी सुम्पएको छ ।

अब विश्वविद्यालयका पदाधिकारी, शिक्षक र कर्मचारी सबैले कार्यालयहरुमा पत्राचारका लागि विश्वविद्यालयले उपलब्ध गराएको ईमेल प्रयोग गर्नुपर्नेछ । त्यस्तै मिटिङ तथा बैठक भर्चुअल रुपमा मात्रै सञ्चालन गर्ने प्रकाशित सूचनामा उल्लेख छ ।

Image
Image

यस्तै फेस रिडिङ डिभाइसबाट हाजिरीको व्यवस्था मिलाउने भन्दै विश्वविद्यालयले त्यसको व्यवस्था नहुञ्जेलसम्मका लागि भने हाजिरी रजिस्टरमै हाजिरी गर्ने बताएको छ ।

सम्बन्धित क्याम्पस, विभाग, स्कूलले तोकेअनुसारको अनलाइन कक्षा लिने शिक्षकहरुको सोही रेकर्डलाई आधार मानेर हाजिरी जनाइनेछ । अनलाइन कक्षा नलिने शिक्षकहरुलाई भने क्याम्पसमा उपस्थित भई हाजिरी गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३