close

अब गूगल लेन्सले नै समाधान गरिदिनेछ गणितको हिसाब, यसरी गर्नुहोस् प्रयोग

टेकपाना टेकपाना

साउन २८, २०७७ १९:२७

अब गूगल लेन्सले नै समाधान गरिदिनेछ गणितको हिसाब, यसरी गर्नुहोस् प्रयोग

काठमाडाैं । पठनपाठनलाई सजिलो बनाउन गूगलले विद्यार्थी र अभिभावकका लागि सहयोगी उपकरण तथा सिस्टम उपलब्ध गराउँदै आएकाे छ । गत मे महिना गूगलले आफ्नो सर्च इन्जिनभित्र थ्रीडी एनाटोमी मोडल र कोशिकाको संरचना हेर्न मिल्ने अग्मेन्टेड रियालिटी सार्वजनिक गरेको थियो । 

अहिले गूगलले गूगल लेन्सबाटै तस्वीर लिएर गणितको समस्या हल गर्न सकिने नयाँ फिचर ल्याएको छ । गूगलले यो फिचरलाई ‘होमवर्क फिल्टर’ नाम दिएको छ ।

कम्पनीले यो फिचर गत वर्ष उसले अधिग्रहण गरेको मोबाइल लर्निङ एप ‘सोक्राटिक’ बाट लिएको हो । उक्त सोक्राटिक एप हाल आईओएस र एन्ड्रोइड दुवै अपरेटिङ सिस्टममा उपलब्ध छ ।

यसरी गर्नुहोस् प्रयोग

यो फिचरमा एउटा ग्र्याजुएसन क्यापको आईकन छ, जसलाई ट्याप गरेर प्रयोगकर्ताले आफ्नो गृहकार्यभित्र नजानेको प्रश्नको तस्वीर लिन सक्छन् । यसको भ्यू फाइण्डर पनि त्रिकाेणात्मक आकारको हुने भएकोले गणितको समस्या र लामा प्रश्नहरुलाई आकार दिन सजिलो हुन्छ । 

त्यो क्याप्चर बटनलाई ट्याप गरेपछि गूगल लेन्सले भ्यू फाइण्डरमा सबै इक्वेसन र प्रश्नहरुलाई  हाईलाईट गरिदिन्छ । एउटालाई सेलेक्ट गरेपछि ‘कपी द टेक्स्ट’ भनेर विकल्प सहित एउटा शिट आउँछ ।

यति गरेपछि क्रोममार्फत त्यसलाई कम्प्युटरमा पठाउनुहोस् वा म्याथ इक्वेसनलाई एडिट गर्नुहोस् । त्यसपछि देखिने ‘स्टेप टु सल्भ’ कार्डमा धेरैवटा अप्सनहरु देखापर्छन् ।

जस्तै ‘ओभर भ्यू’ र ‘क्वाड्राटिक फर्मुला’ प्रयोग गरेर हल गर्ने, ‘फ्याक्टरिङ’ प्रयोग गरेर हल गर्ने आदि । त्यसपछि प्रयोगकर्ताको स्क्रीनमा क्रमश: उत्तर देखिन्छ । 

यदि तपाईंले गूगल लेन्स होमवर्क फिल्टर प्रयोग गरेर विज्ञानको प्रश्नमा प्वाइन्ट गर्नुभयो भने यसले ग्राफिक्स र भित्री अवधारणालाई बुझाउने नलेज प्यानल कार्डलाई सतहमा देखाइदिन्छ ।

याे डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहाेस् ।

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०